काठमाण्डौ । आईहब प्रालि टेक्नोलोजीमा अग्रणी र गतिशील कम्पनी र सेगवे नाइनबटको नेपालका लागि आधिकारिक बिक्रेताले सेगवे इलेक्ट्रिक स्कुटरहरुका लागि ०% ब्याजदरमा फाइनान्सिङ सुविधा उपलब्ध गराएको छ।
दिगो यातायात विकल्पहरुप्रति दृढ प्रतिबद्धताका साथ सेगवेको ०% फाइनान्सिङ सेवाले नेपालभरका ग्राहकलाई ५ लाख रुपैयाँसम्मको कर्जा रकममा ब्याजको बोझ नलिई आफ्नो रोजाईको विद्युतीय स्कुटरको स्वामित्वमा सशक्त बनाउने लक्ष्य राखेको छ। यो विशेष अफर सेगवेका सबै लोकप्रिय मोडेल एन१००, ई१००, ए११०एल र ई११०एल र ई१२५ मा उपलब्ध छ। जसले ग्राहकलाई छनौट गर्नका लागि अत्याधुनिक व्यक्तिगत गतिशीलता विकल्पको विविध दायरा छ भनी सुनिश्चित गर्दछ।
०% फाइनान्सिङ सेवा ग्राहकको सुविधालाई ध्यानमा राखेर डिजाइन गरिएको कम्पनील्े जनाएको छ। जसले १८ महिनासम्मको सहज ईएमआई प्रदान गर्दछ।
यो सेवाले ग्राहकलाई सेगवे इलेक्ट्रिक स्कुटर खरिद र लगानीलाई रमाइलो र व्यावहारिक बनाएको छ तथा यसबाट सहज, किफायती स्वामित्व अनुभवको आनन्द लिन सक्नेछन्। ग्राहकको सन्तुष्टिका लागि आफ्नो समर्पणको एक भागको रुपमा सेगवको स्कुटर खरिद गर्दा प्रत्येक स्कुटर प्याकेजमा हेलमेट, स्कुटर कभर, रेनकोट र एक वर्षको वार्षिक मर्मतसम्भारजस्ता अफर उपलब्ध गराएको छ।
सेगवेमा कम्पनीले आफ्ना ग्राहकको विविध आवश्यकता र प्राथमिकतालाई मान्यता दिएको छ। यो कुरालाई ध्यानमा राख्दै सेगवेले आकर्षक एक्सचेन्ज अफर ल्याएको छ। जसमा ग्राहकले आफ्नो अव्यवस्थित स्कुटरमा नयाँ सेगवे इलेक्ट्रिक स्कुटर खरिद गर्न पाउनेछन्। यो अवसर प्रत्येक ग्राहकको आम्दानीको स्रोतलाई ध्यानमा राखेर तयार पारिएको छ। उनीहरुले स्कुटरको स्वामित्वमा व्यक्तिगत झन्झटमुक्त यात्राको सुनिश्चिता पाउनेछन्।
कम्पनीको एनआईसी एशिया बैंक, माछापुच्छ्रे बैंक, र ग्राहकको बजारलगायतका वित्तीय संस्थासँगको सहकार्यले आफ्ना ग्राहकका लागि ०% फाइनान्सिङ सेवासुविधालाई वास्तविकता बनाएको छ। यसका साथै उनीहरुले पर्यावरणमैत्री सहरी गतिशीलता प्रवर्द्धन र ग्रीनरी फ्युचर बनाउने साझा दृष्टिकोणमा योगदान पुर्याउनेछन् भन्ने विश्वास कम्पनीले लिएको छ।
सेगवे दुई दशकभन्दा बढी समयदेखि सेगवे व्यक्तिगत यातायात साधनका लागि विश्वव्यापी रुपमा अग्रणी ब्रान्ड हो। जुन विश्वव्यापी सवारीहरुको गतिशीलता र स्वतन्त्रता बढाउन समर्पित छ। उद्योगमा धेरै अनुभवका साथ सेगवे आजको संसारको दु्रतगतिका मागहरु पूरा गर्ने नवीन र भरपर्दाे साधन बनेको छ। ८० भन्दा बढी देश र क्षेत्रमा अवस्थित विश्व प्रसिद्ध साधन सेगवे–नाइनबटले अत्याधुनिक उत्पादन सिर्जना गर्न प्रेरित गरिरहेको छ। जसले भविष्यमा प्रयोगकर्ता र सम्पूर्ण उद्योगको नेतृत्व गर्नेछ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago