काठमाण्डौ । सेगवे–नाइनबोटको नेपालका लागि आधिकारिक वितरक आईहब प्रा.लि.ले चितवन र बुटवलमा गर्वको साथ नयाँ शोरुमको उद्घाटन गरेको छ। 

यी शोरुमहरु आफ्ना विश्वासिलो साझेदार लोक सुशीला मोटर प्रालि, कालिका चोक, बुटवल र युनाइटेड अटो कन्सर्न प्रालि, हाकिमचोक, भरतपुर (अष्टभुजा पेट्रोलपम्पनजिक)सँगको सहकार्यमा सञ्चालनमा ल्याएको हो। यस आयामले सेगवेको आफ्नो मूल्यवान ग्राहकलाई विशेष उत्पादन र सेवाहरु उपलब्ध गराउने प्रतिबद्धतालाई झल्काउँछ। 

बुटवल र चितवनका शोरुमहरुमा अत्यधिक लोकप्रिय एन–१००, ई–१००, ई–११०एल र ई–१२५ मोडलहरुसहित सेगवेका उत्पादनहरुको सम्पूर्ण रेन्ज उपलब्ध हुनेछ। यस विस्तृत विकल्पहरुको प्रदर्शनीले ग्राहकलाई आफ्नो आवश्यकता अनुसार शीर्ष मोडेल छनोट गर्न सहज हुनेछ।

उद्घाटनको उपलक्ष्यमा चितवन र बुटवल क्षेत्रका ग्राहकहरुलाई विशेष अफरहरुको साथ शोरुम भ्रमण गर्न आमन्त्रित गरेको छ। उद्घाटन अफरअन्तर्गत यी शोरुममा सेगवे ई–स्कुटरहरुको बिशेष मूल्य तोकेका छन्। ग्राहकले यो अवसर नगुमाई किफायिती मूल्यमा आफ्नो रोजाईको विशिष्ट सेगवेका उत्पादनहरु खरिद गर्न सक्नेछन्।  

यी शोरुमबाट ग्राहकले सेगवेका नवीन उत्पादनहरुको खरिद मात्र नभएर यसको ब्याट्री रेन्टल, ब्याट्री स्वाप, र तीव्र चार्जिङ सपोर्टलगायत सेवाहरुको विस्तृत रुपमा फाइदा लिन सक्नेछन्। शोरुममा यी सेवाहरु उपलब्ध गर्नुको मुख्य कारण सेगवेका ग्राहकले कुनै अवरोध बिना आफ्नो व्यक्तिगत यातायात साधनहरुको आनन्द लिन सकून् भन्ने सुनिश्चित गर्न समावेश गरिएको हो।  

शोरुमका आगन्तुकले जानकार कर्मचारीबाट विशेषज्ञ निर्देशन प्राप्त गर्दै सेगवेको लोकप्रिय इलेक्ट्रिक स्कुटर, व्यक्तिगत ट्रान्सपोर्टर र अन्य मौलिक साधनहरुको टेस्ट–ड्राइभ गर्ने अवसर पाउनेछन्। विस्तृत सुविधाहरु र नवीनतम सेगवे स्कुटरहरुको पर्याप्त स्टक भण्डारणका साथ बुटवल, चितवन र वरपरका क्षेत्रहरुमा ग्राहकले सजिलैसँग आफ्नो मनपर्ने सेगवे उत्पादनहरु पाउन र खरिद गर्न सक्छन्।

यी शोरुमको सञ्चालनसँगै आईहबले नेपालमा दिगो र प्रभावकारी व्यक्तिगत यातायात साधनहरुलाई थप प्रवर्द्धन गर्दै सेगवेका उत्साहीहरुलाई उच्चस्तरका उत्पादन र सेवाहरु उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।