काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत भक्तपुरको सूर्यविनायक नगरपालिका–४ स्थित श्री चित्रपुर आधारभूत विद्यालयमा अध्ययनरत बालबालिकाहरुका लागि न्यानो कपडा हस्तान्तरण गरेको छ ।

बालबालिकाहरुका लागि न्यानो कपडा बैंकका बजार प्रबन्धक शेखरराज बस्ताकोटीले विद्यालयका प्रध्यानाध्यापक राजन खत्रीलाई हस्तान्तरण गरेका हुन् ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थय, वातावरण तथा अन्य क्षेत्रमा थुप्रै कार्यक्रमहरु गर्दै आएको छ ।