काठमाण्डौ । सेन्ट जेभियर्स कलेजको सेट काउन्सिलको आयोजनामा यही फागुन २२ गते शनिबार ‘आठौँ सेट साइकल र्याली, क्यान्सरविरुद्धको यात्रा’ हुने भएको छ।
विगत लामो समयदेखि वार्षिक रुपमा हुने यो कार्यक्रमको मुख्य उद्देश्य स्तन र ग्रिवा क्यान्सरबारे जनचेतना फैलाउने र क्यान्सर रोगीको सक्दो मद्दत गर्नु हो । सेट काउन्सिलका विद्यार्थीद्वारा आयोजित यस कार्यक्रमबाट हुने आर्थिक लाभ रिचा बझिमाया फाउन्डेसन (सामाजिक संस्था ) को माध्यमबाट स्तन र ग्रिवा क्यान्सरसँग लडिरहेका मानिसको उपचार खर्चमा प्रयोग गरिन्छ ।
हरेक वर्ष र्यालीमा विद्यालय तहका विद्यार्थीदेखि समाजसेवी, राष्ट्र निर्माणमा लागेका व्यक्ति, व्यापारी, शिक्षक, कलाकार र समाजका विविध क्षेत्रमा लागेका मानिसको सहभागिता हुने गर्दछ । ‘एउटै कार्यक्रममा सहभागी भएर हामी समाजका हितका लागि हात बढाउन सक्छौँ र अर्कोतर्फ आफ्नो स्वास्थ्यको पनि विकास गर्न सक्छौँ’, आयोजकले भनेको छ, ‘काठमाण्डौको वातावरणको स्थिति र यहाँका मानिसको जीवनशैली कस्तो छ कसैले बयान गरिराख्नुपर्दैन । अझै यस वर्ष त कोभिडका कारणले बाहिरी व्यायम गर्ने बानी प्रायको छुटिसकेको छ र अब आफ्नो शरीरमा ऊर्जा ल्याउन साइकल चलाउनु त सबैभन्दा सजिलो उपाय हो ।’
माइतिघरबाट खरिबोट, लुभुहुँदै घुमेर फेरि सेन्ट जेभियर्ससम्मको यो यात्राले नयाँ जोश र जाँगरको विकास गर्ने आयोजकले जनाएको छ। साइकलबाट वातावरण र मानव स्वास्थ्यमा हुने फाइदा दर्साउँदै समाजको हितका लागि यो कार्यक्रम आयोजना गर्ने सेट काउन्सिलका विद्यार्थीलाईसमर्थन गर्न सबैलाई यो र्यालीमा सहभागी हुन आयोजकले आमन्त्रण गरेको छ।
कार्यक्रममा जलपान, प्रमाणपत्र, टी–सर्ट, साइकल हायरिङ व्यवस्थालगायत कोभिडसतर्कता र नियमको पूर्णरुपमा पालना गरिने आयोजकले जनाएको छ।
                            
                            
                                                            
                                
                            
                                                        
                            
                            
                            
                            
                            
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19
                2024-01-19