काठमाण्डौ । अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी ‘खल्ती’ ले सेन्चुरी बैंक खाता ‘खल्ती’ सँग लिंक गर्ने जोकोहीले रु. १०० बोनस प्राप्त गर्ने भएको छ। यसका साथै एक भाग्यशाली प्रयोगकर्ताले सामसुङ स्मार्टफोन जित्ने मौका पाउनेछन्।
यो बोनस अफर पहिलोपटक सेन्चुरी बैंक अकाउन्ट ‘खल्ती’ सँग लिंक गर्ने प्रयोगकर्ताको हकमा मात्र लागू हुन्छ। प्रयोगकर्ता केवाईसी प्रमाणित प्रयोगकर्ता हुनुपर्नेछ।
त्यसैगरी प्रयोगकर्ताको ‘खल्ती’ वालेट र बैंक अकाउन्टमा दाखिला गरिएको मोबाइल नम्बर एउटै हुनुपर्नेछ। केही सेकेन्डमै आफ्नो बैंक लिंक गरी उक्त लिंक गरिएको सेन्चुरी बैंक अकाउन्टबाट ‘खल्ती’ मा बिना लोड भुक्तानी तुरुन्तै गर्न सकिन्छ।
यो रु. १०० बोनस अफर मंसिर ३ देखि ४ पुस २०७८ सम्म ‘खल्ती’ सँग सेन्चुरी बैंक लिंक गर्ने जोकोहीलाई लागू हुन्छ।
अफरका बारेमा ‘खल्ती’ डिजिटल वालेटका मार्केटिङ अफिसर साकार केसीले भने, ‘हामीले मानिसहरुलाई डिजिटल भुक्तानीहरु प्रयोग गर्न प्रोत्साहित गर्न यो बोनस ल्याएका छौँ। अब ग्राहकले पटक–पटक पैसा लोड गर्ने झन्झट झेल्नुपर्दैन। धेरै मानिसहरु यो सेवालाई बढी रुचाउँछन्। किनकि यसले उनीहरुलाई लिंक गरेको एक बैंकबाट कुनै पनि बैंकमा सेकेन्डमै पैसा पठाउन सकिन्छ।’
सेन्चुरी बैंक खाता ‘खल्ती’ मा लिंक गर्न प्रयोगकर्ताले निम्न कुराहरु गर्नुपर्छ–
यसलगायत ‘खल्ती’ मा थप १६ बैंकको खाता लिंक गर्न सकिन्छ।
२० लाखभन्दा बढी प्रयोगकर्ताहरु भएको ‘खल्ती’ ले विगत चार वर्षभन्दा बढी समयदेखि नेपाली समाजलाई डिजिटाइज गर्न निरन्तर रुपमा योगदान पुर्याउँदै आइरहेको छ। ‘खल्ती’ वालेटको प्रयोग गरी ६० भन्दा बढी बैंकमा पैसा पठाउन सकिने साथै मोबाइल रिचार्ज, बिजुली, पानी, इन्टरनेट तथा टीभीको बिल भुक्तानी, फिल्म, प्लेन, फोहोर व्यवस्थापन शुल्क, ई–कमर्समार्फत किनिएको सामानको भुक्तानी गर्ने, सरकारी कर तथा सेवा शुल्क तिर्ने जस्ता धेरै सेवाहरु लिन सकिन्छ।
‘खल्ती’ एप Khalti.com/app मा गइ डाउनलोड गर्न सकिन्छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19