काठमाण्डौ । सन २०२०देखि नेपालमा वित्तीय साक्षरता प्रवर्द्धनको भूमिका निभाउँदै आएको ‘आइडियाप्रनर नेपाल’ले वित्तीय व्यवस्थापन र ज्ञानमा आधारित लगानीलाई परिष्कृत गर्न ‘मनी मित्र’ एप र सफ्टवेयर सार्वजनिक गरेको छ।
सफ्टवेयरलाई प्रयोगकर्ताले वेबसाइटमा www.moneymitra.com र एपलाई प्ले स्टोर वा एप स्टोरबाट डाउनलोड गरी प्रयोग गर्न सक्नेछन्। रु. २९९ सुरुआती मूल्य रहेको मनी मित्रमा नेपालको सेयर बजारमा लगानी गर्न चाहने लगानीकर्ताका लागि आवश्यक पर्ने वित्तीय जानकारी, प्राविधिक विश्लेषण र वित्तीय व्यवस्थापनलगायतका सेवाहरु उपलब्ध छन्। मनी मित्रको निःशुल्क संस्करणमा भने प्रयोगकर्ताले सीमित सेवाहरु उपलब्ध प्रयोग गर्न सक्नेछन्।
प्रयोगकर्ताले मनी मित्रको एकै सदस्यताभित्र कम्पनीहरुका सम्पूर्ण विवरण, जानकारी र डाटा रहेको ‘गुरु मन्त्र’, ब्रोकरहरुको विवरण विश्लेषण र ब्रोकेरबीच तुलना गर्न मिल्ने ‘ब्रोकर चिरफार’, व्यक्तिगत वित्तीय व्यवस्थापनका लागि ‘वृद्धि’ र ज्ञान वृद्धिका लागि ‘आइडियाप्रेन्युर ज्ञान’ प्राप्त गर्नेछन्।
मनी मित्रको प्रोडक्ट ‘गुरुमन्त्र’मा प्रयोगकर्ताले नेप्सेमा सूचीकृत रहेका सम्पूर्ण कम्पनीको वित्तीय विवरण, प्राविधिक विश्लेषण टुल प्राप्त गर्नेछन्। प्राविधिक विश्लेषण चार्ट भने निःशुल्क प्रयोगका लागि उपलब्ध छ।
यससँगै गुरु मन्त्रमा दैनिक मार्केटको डाटा, सेयर बजारमा दैनिक रुपमा कारोबार हुँदा सबैभन्दा बढी प्रभावित कम्पनीको विवरण, चाहेको मूल्यमा सेयरको मूल्य आउँदा जानकारी दिने नोटिफिकेसन अलर्ट, पोर्टफोलियोको विवरण, म्युचुअल फन्डहरुको विवरण साथै विभिन्न म्युचुअल फन्ड तथा कम्पनीहरुको वित्तीय अवस्थाबीच तुलना गर्न मिल्ने टुल उपलब्ध छ।
यस्तै गुरु मन्त्रमा रहेको स्टक बास्केटमा विभिन्न १६ आधार कम्पनीहरुलाई समूहगत रुपमा रहेका छन्। नेप्से उपसमूहका अन्य कम्पनीहरुको तुलनामा राम्रो वित्तीय अवस्था र लगानीमा राम्रो प्रतिफल दिन सक्ने कम्पनीहरुलाई समूहगत रुपमा सुपर कमर्सियल बैंक, सुपर हाइड्रोपावर, सुपर डेभलपमेन्ट बैंक, सुपर फाइनान्स, सुपर नन लाइफ इन्स्योरेन्स, सुपर माइक्रोफाइनान्स, सुपर लाइफ इन्स्योरेन्समा राखिएको छ।
यस्ता छन् समूह विभाजन
सेयर बजारमा लगानीबारे अधिक जानकारी नभएका लगानीकर्तालाई यो सूचीले निर्णय लिन सल्लाह दिन्छ। यसका साथै गुरु मन्त्रमा समग्र राष्ट्रको अर्थतन्त्रको तथ्यांकहरु पनि उपलब्ध छन्।
यस्तै गुरु मन्त्रअन्तर्गत प्रत्येक कम्पनीहरुको अद्वितीय विवरणमाः कम्पनीको सेयर कारोबारको विवरण, कम्पनीको सम्पूर्ण वित्तीय विवरण, कम्पनीको सेयरप्रती लगानीकर्ताको इमोसन दर्शाउने इमोसन मिटर, कम्पनीको वित्तीय अवस्थाका आधारमा रेटिङ, नेप्से र उपसमूहको तुलनामा कम्पनीको सेयरमूल्यको उपस्थिति, कम्पनीले दिएको मासिक र साप्ताहिक रिटर्न, ब्रोकर होल्डिङ, उपसमूहको अन्य सामान कम्पनी बीच तुलना, कम्पनीको स्वट एनालिसीस रहेको छ।
यस्तै लगानीकर्ताले कम्पनीको वित्तीय अवस्था जान्न सयौँ पेजको रिपोर्टममध्ये कुन तथ्यांका लागि कुन पेज खोज्ने भन्ने समस्या समाधान गर्न गुरु मन्त्रमा कम्पनीको वित्तिय विवरण अध्ययनलाई सहज बनाउन फाइनान्सियल अन्तर्गत त्रैमासिक रिपोर्ट, ब्यलेन्स सिट, इन्कम स्टेटमेन्ट, क्यासफ्लो, अडिट–रेगुलेटरी तथा अन्य मेट्रिक्समा कम्पनीको वित्तीय विवरण प्रस्तुत गरिएको छ।
मनी मित्रको अर्को प्रोडक्ट ब्रोकर चिरफारमा प्रयोगकर्ताले आफूले कारोबार गर्दै आइरहेको ब्रोकरलाई उसको सेवाको आधारमा रेटिङ प्रदान गर्न सक्छन्। यसका साथै ब्रोकर चिरफारको फिडमा आफ्नो अनुभव अन्य प्रयोगकर्ताले पनि हेर्न मिल्ने गरी साझा गर्ने व्यवस्था गरिएको छ।
ब्रोकर चिरफारअन्तर्गत सेयर कारोबारमा लाग्ने विभिन्न कारोबारको कमिसनको हिसाबकिताब, ब्रोकेरले सर्वाधिक खरिदबिक्री गरेका सेयरको विवरण, ब्रोकरले होल्ड गरेको कम्पनीको विवरणसँगसँगै ब्रोकरका रोजाइका कम्पनीहरुलाई प्रयोगकर्ताले सहज रुपमा बुझ्ने गरी ब्रोकर चिरफारमा राखिएको छ। यसमा प्रयोगकर्ताले विभिन्न ब्रोकरहरुले प्रस्ताव गर्ने सेवाहरुकाबीच तुलना गरी गर्न सक्नेछन्।
यस्तै मनी मित्रको अर्को प्रोडक्ट वृद्धिले व्यक्तिगत वित्तीय व्यवस्थापन गर्न सहयोग र सल्लाह प्रदान गर्नेछ। प्रयोगकर्ताले लगइन गर्ने समयमा वेबसाइटमा उपलब्ध गरेको विवरणका आधारमा प्रयोगकर्ताको वित्तीय अवस्था विश्लेषण गरी थप वित्तीय स्थायित्वका लागि कसरी वित्तीय व्यवस्थापन गर्नेबारे यसले सल्लाह दिन्छ। यसमा प्रयोगकर्ताले चाहेको खण्डमा वित्तीय क्षेत्रका विज्ञसँग सहज कुराकानी गर्ने सुविधा उपलब्ध रहेको छ।
‘वृद्धि’ले भविष्यका लागि कति वर्षमा कुन वित्तीय लक्ष्य प्राप्त गर्न बार्षिक र मासिक रुपमा कति बचत गर्नुपर्छ भन्ने सल्लाह दिन्छ। सँगसँगै यसमा खर्चको हिसावकिताव राख्न मिल्ने सुविधा उपलब्ध छ। बिल स्क्यानकै आधारमा प्रयोगकर्ताले खर्चको हिसाबकिताब गर्न सक्छन्। यसका साथै प्रयोगकर्ताको वित्तीय अवस्थाको आधारमा सेयरबजार, एसआईपी, म्युच्युअल फन्ड, मुद्दति, बचतमध्ये कसरी पोर्टफोलियो विभाजन गर्नेबारे वृद्धिले सल्लाह प्रदान गर्दछ।
यस्तै आइडियाप्रेन्युर ज्ञानमा अर्थतन्त्र, व्यवसाय र वित्तीय साक्षरता वृद्धिका लागि विभिन्न लेखहरु उपलब्ध रहनेछन् भने आइडियाप्रेन्युर कोर्समा वित्तीय साक्षरता अभिवृद्धि गर्ने विभिन्न विधाका कोर्षहरु उपलब्ध रहनेछन्।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago