काठमाण्डौ । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवाप्रदायक सेलकम प्रा. लि. को सेलपे सेवाले नयाँ योजना“2020-S20 Offer” आफ्नो ग्राहकहरुका लागि सुरु गरेको छ ।

यस योजनाअन्तर्गत ग्राहकहरुले लक्की ड्र मार्फत कुनै एक भाग्यशाली विजेताले एउटा नयाँ सामसुङ ग्यालेक्सी एस२० जित्ने मौका पाउनेछन । यो योजना चैत्र ७ गते देखि चैत्र २७ गते सम्म लागु हुने कम्पनीले बताएको छ । 

यस योजनामा सेलपेका ग्राहकहरुले न्युनतम रु. २० को कुनै पनि कारोवार रिचार्ज, युटिलिटी पेमेन्ट, पीटूपी फण्ड ट्रान्सफर (मर्चेन्ट भुक्तानीबाहेक) गरे, लक्की ड्र को लागि एउटा कोड नं. पाउनेछन्, सो कोड नं. लक्की ड्र को लागि छनोट हुनेछ र सोही कोडहरुबाट लक्की ड्र मार्फत कुनै एक भाग्यसाली ग्राहकले एउटा नयाँ सामसुङ ग्यालेक्सी एस२० जित्ने मौका पाउनेछन । यस्का साथै ७ जना भाग्यसाली ग्राहकहरुले हरेक हप्ता पेलेस,एड्रेस लन्ज र एक्स एज  बाट विभिन्न उपहारहरु पाउनेछन् । यो योजना नयाँ तथा पुराना दुवै ग्राहकहरुको लागि लागु हुनेछ जसमा नयाँ ग्राहकहरुले सेलपे एप्प डाउनलोड गरेर आफ्नो बैंक खाता लिंक गरे पस्चात न्युनतम रु. २० को कुनै पनि कारोवार रिचार्ज, युटिलिटी पेमेन्ट, पीटूपी फण्ड ट्रान्सफर (मर्चेन्ट भुक्तानीबाहेक) को कारोवार गरी यस योजनामा सहभागी हुन पाउनेछन । 
सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्त द्रुत, सरल तथा सुरक्षित सेवा हो ।