काठमाण्डौ । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रालिको सेलपे सेवाले यसपालिको विजयदशमीका अवसरमा आफ्ना ग्राहकका लागि आकर्षक अफर लिएर आएको छ। 

यस योजनाअन्तर्गत हरेक दिन १०० जना ग्राहकले १ जीबी डाटा प्याक १० दिनका लागि र १ जना लक्की विजेताले लक्की ड्रमार्फत सामसुङ ग्यालेक्सी फ्लिप थ्री पाउने छन्। 

यो योजना असोज १७ गतेदेखि असोज २६ गतेसम्म लागू सेलकमले जनाएको छ। 

सेलपे सेवा मोबाइल तथा वेब एप्लिकेसन दुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्त द्रुत, सरल तथा सुरक्षित सेवा हो । सेलपेका अन्य विशेषताहरु यस प्रकार छन्– 

  • बास्तविक समयमा भुक्तानी 
  • सरल र सुरक्षित
  • बैंक खाताका साथै वालेटबाट पनि कारोबार गर्न सकिने

सेलपेद्वारा विभिन्न दूरसञ्चार सेवा, बिजुली, खानेपानी, टीभी, इन्टरनेटको महसुल भुक्तानी, इन्स्योरेन्सको भुक्तानी, सेयर तथा ब्रोकर भुक्तानी, सरकारी भुक्तानी, विभिन्न पसल, रेस्टुरेन्टमा भुक्तानी, फोनपे नेटवर्कका करिब ५ लाख मर्चेन्टहरुमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफर, पीटुपी, पीटुबी, बीटुपी, बीटुबी आदि वास्तविक समयमा गर्न सकिन्छ । यसका साथै ग्राहकले सेलपे कार्ट सेवामार्फत सजिलै घरमै बसी–बसी विभिन्न सामानहरु खरिद गर्न सक्नु हुनेछ।

सेलपे एप्प डाउनलोड गरी वालेट लोडका साथै आजै आफ्नो बैंक खाता लिंक गर्न सेलकमले आग्रह गरेको छ।