काठमाण्डौ । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रालिको सेलपे सेवाले नेपालको शीर्ष ई-कमर्स प्लेटफार्म सस्तो डिलसँग आगामी क्रिसमस र न्यु एयरलाई लक्षित गर्दै सेल–ए–ब्रेसन अफरका लागि सहकार्य गरेको छ । यो अफर २४  डिसेम्बर २०१९ देखि २ जनवरी २०२० सम्म लागू हुनेछ । 

यस क्रिसमस र न्यु एयरमा खुशीयाली बाँड्नको लागि सेलपले सस्तो डिलसँग सहकार्य गरी सेल–ए–ब्रेसन अफर ल्याएको हो । जसअन्तर्गत ग्राहकहरुले सस्तो डिलमार्फत प्रथमपटक कुनै पनि सामान किन्दा ४० प्रतिशत डिस्काउन्ट सेलपे एपमा लोयल्टी पोइन्टसका रुपमा पाउनेछन् र थप १० प्रतिशत डिस्काउन्ट (DJI, Dr. Browns, Crane, Himalaya Baby Care, Bbluv, Energizer and X-age) को सामानको खरिदमा चेकआउट गर्दा डिस्काउन्ट कुपन पाउनेछन् ।

सस्तो डिलमा सेलपेमार्फत भुक्तानी गरी डिस्काउन्ट पाउनका लागि सस्टोमार्फत सामान किन्दा सेलपेलाई भुक्तानी माध्यमका रूपमा छनोट गर्नुहोस् र ‘पे नाउ’ मा ट्याप गर्नुहोस् । यो अफरको लाभ लिनका लागि चाँडै नै आफ्नो मोबाइलमा सेलपे एप डाउनलोड गरी आफ्नो बैंक खाता लिंक गर्नुहोस् ।

सेलपे सेवा मोबाइल तथा वेब एप्लिकेसन दुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्त द्रुत, सरल तथा सुरक्षित सेवा हो ।