काठमाण्डौ। नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त भुक्तानी सेवाप्रदायक सेल कम प्रालिको सेलपे सेवाले हालको स्थितिलाई ध्यानमा राखी भिडभाड र हुलमुल कम गर्नका लागि चैत्र ९ गतेदेखि आउँदो वैशाख १८ गतेसम्मका लागि रकम ट्रान्सफर सेवा निस्शुुल्क उपलब्ध गराउने भएको छ। 

हाल विश्वभरी फैलिँदै गरेको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट बच्नका लागि सरकारबाट कुनै पनि प्रकारको भिडभाड र हुलमुल नगर्न सुझाव आएको हुँदा सेलपेका ग्राहकले सेलपे एप्पबाट आफ्नो घरमै बसी सरल र सहज माध्यमबाट वास्तविक समयमा कुनै पनि सेलपेमा आबद्ध भएका बैंकहरुका ग्राहकलाई रकम ट्रान्सफर गर्दा कुनै पनि सेवा शुल्क नलाग्ने व्यवस्था मिलाएको हो। 

सेलपे सेवा मोबाइल तथा वेब एप्लिकेसन दुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्त द्रुत, सरल तथा सुरक्षित सेवा हो। सेलपेका वास्तविक समयमा भुक्तानी, बिनावालेट कारोबार गर्न सकिने, सुरक्षित र लोयल्टी पोइन्टस पाइने अन्य विशेष सुविधा छन्।

सेलपेद्वारा विभिन्न दुरसंचार सेवा, विजुली, खानेपानी, टिभी, ईण्टरनेटको महशुल भुक्तानी, विभिन्न पसल, रेष्टुरेण्टमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफर, पी टु पी, पी टु बी, बी टु पी र बी टु बी आदि वास्तविक समयमा गर्न सकिन्छ। यस सेवामार्फत हुने सम्पूर्ण कारोबार बैंकिङ प्रणालीमार्फत सम्पन्न हुनेछ र सेलपे सेवासँग आबद्ध भएका बैंकहरुका ग्राहकले सहज रुपमा यो सेवा लिन सक्नेछन्।

सेलपे सेवा गुगल प्लेस्टोर तथा एप्पल एप्प स्टोरमा उपलब्ध छ।