काठमाण्डौ । महालक्ष्मी विकास बैंकले स्वास्थ्य, होटल तथा रेष्टुरेन्ट क्षेत्रका संस्थाहरुसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न स्थानमा अवस्थित संस्थाहरुसँग सम्झौता गरेको छ ।
 
सम्झौतापश्चात कम्पनीका डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छूट प्राप्त गर्न सक्नेछन् । 
कम्पनीले यस किसिमको सहकार्यबाट बैंकका डेविट/ क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने बताएको छ ।
यसका साथै डिजिटल युगसँग नेपालीजनतालाई साक्षात्कार गराउने उद्देश्यले कम्पनीले विभिन्न शाखाहरुबाट वित्तीय जनचेतनामुलक कार्यक्रमहरु पनि सञ्चालन गर्दै आएको कम्पनीले बताएको छ ।
 
कम्पनीका अनुसार उक्त संस्थाहरु र प्राप्त गर्न सकिने छूट निम्नलिखित छन् :