काठमाण्डौ। कोका–कोला बेभरेजेज नेपालले स्प्ल्यास नेपालको कार्यान्वयन टोलीसँग मिलेर आकाशे पानी संकलन, ग्राउन्ड वाटर रिचार्ज (भूमिगत जल पुनःभरण) तथा सफा पिउने पानीको प्रोजेक्ट सैनिक आवासीय महाविद्यालयलाई हस्तान्तरण गरेको छ। 

गत २३ मे २०२३ मा सुरुआत भई ८ जुन २०२३ मा समापन भएको उक्त संयुक्त प्रोजेक्ट विश्व वातावरण महिनाको अवसर पारेर सैनिक आवासीय महाविद्यालयमा हस्तान्तरण समारोह आयोजित हस्तान्तरण गरिएको हो। डे स्कोलार्स र रेसिडेन्सियल विद्यार्थीहरू समेटेर १२०० भन्दा माथि विद्यार्धी भएका नेपाली सेनाद्वारा सञ्चालित प्रतिष्ठित यस महाविद्यालयमा दैनिक गतिविधिहरुका लागि भारी रुपमा पानी आवश्यक हुन्छ। यस प्रोजेक्टमार्फत १२ वटा बोतल फिलर धारा तथा ८ वटा बब्लर फसेटलाई ४ वटा वाटर स्टेसन र डुअल स्पाउट्ससगँ क्रमशः जोड्दै खानेपानी बितरणका लागि २ यूएप. फिल्टर उक्त स्थानमा जडान गरिएको छ। 

यस प्रोजेक्टले २५०० भन्दा बढी मानिस लाभान्वित हुनेछन्। यस प्रोजेक्टले वार्षिक रुपमा ४ लाख ३५ हजार ४०० लिटरसम्म वाटर रिचार्ज गर्ने अपेक्षित गरिएको छ। 

यसका साथै आकाशे पानी सङ्कलन र ग्राउन्डवाटर रिचार्ज (भूमिगत जल पुनःभरण) का बारेमा मोटिभेसनल तथा सचेतना सेसन पनि उक्त विद्यालयमा सञ्चालन गरिएको छ। 

त्यसैगरी फिल्ट्रेसन सिस्टम मेन्टेनेन्सनका बारेमा ट्रेनिङ सेसन पनि प्रदान गरिएको छ। 

सैनिक आवासीय महाविद्यालयका नेपाली सेना मेजर बाबुलाल जीसी भन्छन्, ‘यस विद्यालयमा १२०० भन्दा धेरै विद्यार्थी छन् र बिशेषगरि हाम्रो होस्टलमा पानीको ज्यादै आवश्यकता हुन्छ। सफा पिउने पानी बच्चाहरुका लागि आधारभूत अधिकार हो र यो आवश्यकता पूरा गर्न पाउँदा हामी खुसी छौँ। हाम्रो विद्यालयमा पानीको दिगो समाधानको सुविधा स्थापनामा सहयोग गर्नुभएकोमा कोका–कोला बेभरेजेज नेपाल र स्प्ल्यास नेपालप्रति हामी आभारी छौँ।’

कोका–कोला बेभरेजेज नेपालका प्रबन्ध निर्देशक जी. दीपक सेन्थिल नाथ भन्छन्, ‘हामी निरन्तर जल स्रोतको संरक्षण र रिचार्ज, जिम्मेवार पानी प्रयोगको तथा सबैमा सफा पानीको प्रवर्धनमा लागि परेका छौँ। विद्यार्थी, शिक्षक तथा समग्र सैनिक आवासीय महाविद्यालय समुदायलाई सफा पिउने पानी प्रदान गर्नका लागि खटिएका बलिया साझेदारहरुसँग सहकार्य गर्न पाउँदा हामी धेरै खुसी छौँ। कोका–कोला बेभरेजेज नेपालले खपत गरेभन्दा ज्यादा पानी रिचार्जद्वारा फिर्ता दिन्छ र हामी समग्र कम्युनिटी रेजिलियन्स प्रोजेक्टका लागि विशेषगरी सहरी क्षेत्रमा निरन्तर समर्थनमा छौँ।’

स्प्ल्यास नेपालका कार्यकारी निर्देशक प्रदीप खड्का भन्छन्, ‘बच्चाहरुले सफा पिउने पानी सजिलै पहुँच पाएको देख्दा धेरै नै खुसी लाग्छ। हामी यस प्रोजेक्टको मेन्टेनेन्स र स्थिरता प्रति सतप्रतिसत प्रतिबद्ध छौँ। हाम्रो डेडिकेटेड मेन्टेनेन्स टिम र उत्साहीत विद्यार्थीबाट नै हाम्रो प्रतिबद्धता देख्न सकिन्छ।’