काठमाण्डौ । नेपालको इन्डोर तथा आउटडोर रिटेल ब्रान्ड सोनमले वार्षिक विन्टर सेल अफरमा ७० प्रतिशतसम्म छुट दिने भएको छ। 

यो अफरअन्तर्गत कम्पनीले छानिएका केही आइटममा ७० प्रतिशतसम्म छुट घोषणा गरेको हो। मंसिर २१ गतेसम्म लागू हुने यस अफरअन्तर्गत नयाँ आइटममा पनि ग्राहकले १० प्रतिशतको विशेष छुट पाउनेछन्।

यो योजना सोनामका सबै आउटलेटमा लागू गरिएको छ। 

सोनमले आफ्ना सबै उच्चस्तरीय सामान नेपालमै उत्पादन गर्छ। यसले सबै उमेर व्यक्तिहरुलाई हुने डाउन, फ्लिस र प्राइमालफ्ट ज्याकेट, स्वेटर, कोट पाइन्ट, ट्राउजर, सर्ट, हाफ प्यान्ट, पञ्जा, भेस्ट, ट्रेकिङगेयर, टेन्ट, ब्यागलगायत सामान उत्पादन तथा बिक्रीवितरण गर्छ। उच्च गुणस्तरका कारण सोनमका उत्पादनहरु छोटो समयमै ब्रान्ड र गुणस्तरप्रति सचेत उपभोक्तामाझ लोकप्रियता कमाउन सफल भएका छन्। गुणस्तरकै कारण सोनमलाई विश्वविख्यात ब्रान्डहरुको प्रतिस्पर्धी मानिन्छ।

सोनमले काठमाण्डौ उपत्यकाका विभिन्न ठाउँलगायत पोखरा र चितवनमा समेत आउटलेट खोलिसकेको छ। काठमाण्डौ उपत्यकामा ठमेलको छाया सेन्टर र सातघुम्ती, गोंगबुको बिजी मल, कमलपोखरीको सिटी सेन्टर, बौद्धको टुसाल, चावहिलको केएल टावर, सुनधाराको सिभिल मल, त्रिपुरेश्वरको युनाइटेड वल्र्ड ट्रेड सेन्टर, चक्रपथमा अमेरिकी दूतावासनजिकै, बानेश्वरको आइप्लेक्स कम्प्लेक्स, जावलाखेल र सातदोबाटोको सेल्सबेरीमा यसका आउटलेट छन्। त्यसैगरी पोखराको लेकसाइड र न्युरोड तथा चितवनको सिजी ल्यान्डमार्कमा सोनमका आउटलेट छन्।