काठमाण्डौ । स्किल विक २०२३ चौथो संस्करणमा ४ जना ‘स्किल हिरो’ अवार्डबाट सम्मानित भएका छन्।
काठमाण्डौमा आयोजित स्किल विकको समापनमा ४ विधामा ४ जना व्यक्तित्वलाई स्किल हिरो अवार्ड २०२३ उपाधिबाट सम्मानित गरिएको हो।
पहिलो स्तम्भ अर्थात् पर्यटन र आतिथ्यका लागि लन्डनस्थित नेपाली शेफ सन्तोष शाह आतिथ्य क्षेत्रमा प्रभावशाली व्यक्तित्व भएकाले स्किल हिरोका रूपमा सम्मानित भएका छन्।
त्यसैगरी कला र संस्कृतिको क्षेत्रमा गरेको समर्पणका लागि सीमा गोल्छालाई सम्मान गरिएको छ। उनले युवापुस्ताका लागि Ventriloquism को कार्य प्रदर्शनमा निर्दोष विचार र दृष्टिकोणहरू स्थापित गर्ने क्षमतामा महारत हासिल गरेकी छिन्।
उद्यमशीलता विधामा प्रिज्मा एडभर्टाइजिङका प्रमुख कार्यकारी अधिकृत रञ्जित आचार्यलाई उद्यमशीलताको क्षेत्रमा योगदान पुर्याएको भन्दै पुरस्कृत गरिएको थियो।
विज्ञान तथा प्रविधि विधाका लागि नेपालकी एकल महिला उद्धार हेलिकप्टर पाइलट प्रिया अधिकारीले हरेक दिन आफ्नो ज्यान जोखिममा राखेर पर्वतारोहीको उद्धार गरेबापत सम्मान गरिएको हो।
सोही दिन समापन समरोहलाई लक्षित गरेर सीईओ अनप्लग्ड २०२३ नामक कार्यक्रम सञ्चालन गरिएको थियो। जसमा व्यापारका चुनौती, अवसर एवं प्रयोगात्मक शिक्षाको महत्व एवम नव आगन्तुक व्यापारका पारखीहरुलाई मार्गदिशा प्रदान गर्न २ प्यानेल छलफल सन्चालन गरिएको थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19