काठमाण्डौ। स्नातकोत्तर तहमा अध्ययन गर्न चाहने विश्वभरका विद्यार्थीले बेलायतमा स्नातकोत्तर कार्यक्रमका लागि तयार हुन यो महिना नयाँ कार्यक्रम सुरु गरेका छन्। 

पूर्ण मान्यताप्राप्त अनलाइन कार्यक्रम प्रशंसित इन्सेन्डी सिकाइ अनुभव प्लेटफर्ममार्फत डेलिभर गरिएको छ। जसले प्रविधिमा मानव सिकाइ प्रक्रियालाई प्राथमिकता दिन्छ र विद्यार्थीहरूलाई उच्च गुणस्तरीय अन्तरक्रियात्मक अनुभव प्रदान गर्नमा केन्द्रित रहेको छ।

स्टडी ग्रुपका प्रमुख कार्यकारी अधिकृत एम्मा ल्यान्कास्टरले भने, ‘नयाँ अनलाइन एक्सेलेरेटेड प्रि–मास्टर्स कार्यक्रमहरुले हाम्रा विद्यार्थीहरुलाई विश्वको जहाँसुकैबाट आफ्नो शैक्षिक यात्रा सुरु गर्न सक्षम बनाउँछ, जसले यूकेमा स्नातकोत्तर अध्ययनको लागि सजिलो बनाउँछ। पाठ्यक्रमले विद्यार्थीहरुलाई उनीहरूलाई व्यवसाय र वित्त सिद्धान्त, अध्ययन मुलक सीपहरु र निश्चित रुपमा आवश्यक अंग्रेजी भाषा सीपहरुजस्ता क्षेत्रमा तयार बनाउंछन् जसले स्नातकोत्तर पाठ्यक्रमहरु सुरु गर्न सजिलो बनाउँछ। जसले उनीहरुलाई शैक्षिक रूपमा सफल हुन र विश्वविद्यालयमा प्रगति गर्न बाटो बनाइदिन्छ।’

कार्यक्रमका लागि छनोट गरिएको इन्सेन्डी प्लेटफर्मले  त्यस्तो वातावरण सिर्जना गर्दछ जहाँ ज्ञान र सीप हासिल गर्न विद्यार्थीहरुलाई लागि प्रयोगात्मक र सहज हुन्छ। यो पहिले नै बेलायतको अक्सफोर्ड विश्वविद्यालय, अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालय र स्विट्जरल्यान्डको ईटीएच जुरिचमा एलिट वर्गका कार्यकारी शिक्षा कार्यक्रमहरुमा प्रयोग गरी सकिएको छ।

स्टडी ग्रुपका प्रडक्ट डिरेक्टर नताली क्र्यानले भने, ‘हामी नयाँ स्नातकोत्तर तयारी कार्यक्रमहरूको हाम्रो पोर्टफोलियोको साथ अत्याधुनिक इन्सेन्डी सिकाइमार्फत हाम्रो डिजिटल शिक्षालाई विस्तार गर्न पाउँदा खुसी छौँ। अन्तर्राष्ट्रिय विद्यार्थीहरुको आवश्यकताहरुलाई ध्यानमा राखेर सिर्जना गरिएको हाम्रा अनलाइन प्रि–मास्टर्स कार्यक्रमहरु  मान्यता प्राप्त छन् र विद्यार्थीको आफ्नै कम्प्युटर, ल्यापटप, ट्याब्लेट वा मोबाइल फोनमार्फत संसारको जुनसुकै ठाउँबाट लिन सकिन्छ। शिक्षा क्षेत्रमा व्यापक परिवर्तन र डिजिटल रुपान्तरणको जमानामा  हामी स्नातकोत्तर तयारी कार्यक्रमहरुका लागि एक प्रभावकारी दृष्टिकोण सिर्जना गर्न पाउँदा गर्व गर्छौं। जसले विद्यार्थीलाई ध्यानमा राखेर उनीहरुको शैक्षिक लक्ष्यहरु प्राप्त गर्न आवश्यक ज्ञान र आत्मविश्वास प्रदान गर्दछ।’

प्रत्येक प्रि–मास्टर्स पाठ्यक्रमहरु अन्तर्राष्ट्रिय शिक्षा विशेषज्ञहरुद्वारा सिकाइन्छ। इन्सेन्डीको इनोभेटिभ सिकाइ अनुभव प्लेटफर्मले डिजिटल रूपमा गतिशील शिक्षाको लागि अध्यापनशास्त्र–पहिलो दृष्टिकोण प्रयोग गरी उत्कृष्ट समुदाय–आधारित सिकाइ अनुभवहरु प्रदान गर्न सक्षम पारेको छ। विद्यार्थीहरुले विभिन्न प्रकारका सिकाइको अभ्यासहरु अनुभव गर्नेछन्। जसलाई व्यक्तिगत ट्युटोरियलहरु, साना समूह कार्यशाला, रेकर्ड गरिएका सत्रहरु, कुनै पनि समय र जहाँ पनि हेर्ने विकल्पसहित लाइभ सत्रहरुद्वारा थप परिष्कृत गरिन्छ।