काठमाण्डौ । रुपन्देहीको बुटवलमा सम्पन्न भएको स्टार्टअप एन्ड आइडिया फेस्ट–२०२२ मा एनआइबिएल एस क्यापिटलले पनि सहभागिता जनाएको छ। 

संस्थागत परामर्शदाताका रुपमा सेवा प्रदान गर्दै आएको यस कम्पनीले उक्त कार्यक्रममा पनि सहभागीहरुलाई आफ्नो संस्थागत परामर्श सेवाको जानकारी गराउँदै सो सेवामार्फत नवीनतम योजना र सोचहरुलाई व्यवसायिक पूर्णता दिने उद्देश्य राखेको बताएको छ।

गत चैत १८ बाट  लिभिङ विथ आइसिटीले सातै प्रदेशमा ई-बीमाको मुख्य प्रायोजनमा स्टार्टअप एन्ड आइडिया फेस्ट २०२२ आयोजना आरम्भ गरेको थियो। यसै क्रममा चैत्र २३ गते सो फेस्टको दोस्रो कार्यक्रम बुटवलमा सम्पन्न भएको हो।

डिजिटल क्षेत्रमा क्रियाशील स्थानीय नवप्रवर्द्धकहरुलाई प्रवर्द्धन गर्ने र आवश्यक लगानीसमेत जुटाउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो। 

एनआइबिएल एस क्यापिटललेले संस्थागत परामर्श सेवामार्फत् व्यावसायिक योजना बनाउन, व्यवसायको सम्भाव्यता अध्ययन गर्ने, पुँजी संकलन गर्ने, ऋण संकलनमा वित्तिय संस्था र व्यवसायीबीच मध्यस्थता गर्ने र अन्य व्यावसायिक जटिलताहरुमा उचित परामर्श प्रदान गर्दै आएको छ।