काठमाण्डौ । वीरगन्जमा आइतबार सम्पन्न भएको स्टार्टअप एन्ड आइडिया फेस्ट २०२२ मा एनआइबिएल एस क्यापिटल लिमिटेडले पनि सहभागिता जनाएको छ।
संस्थागत परामर्शदाताका रुपमा सेवा प्रदान गर्दै आएको क्यापिटलले उक्त कार्यक्रममा पनि सहभागीलाई आफ्नो संस्थागत परामर्श सेवाको जानकारी गराउँदै सो सेवामार्फत नवीनतम योजना र सोचहरुलाई व्यावसायिक पूर्णता दिने उद्देश्य राखेको जनाएको छ।
गत चैत्र १८ बाट लिभिङ विथ आईसिटीले सातै प्रदेशमा ई-बीमाको मुख्य प्रायोजनमा स्टार्टअप एन्ड आइडिया फेस्ट २०२२ आयोजना आरम्भ गरेको थियो। डिजिटल क्षेत्रमा क्रियाशील स्थानीय नवप्रवर्द्धकलाई प्रवर्द्धन गर्ने र आवश्यक लगानीसमेत जुटाउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो।
एनआईबिएल एस क्यापिटलले संस्थागत परामर्श सेवामार्फत व्यावसायिक योजना बनाउन, व्यवसायको सम्भाव्यता अध्ययन गर्ने, पुँजी संकलन गर्ने, ऋण संकलनमा वित्तीय संस्था र व्यवसायीबीच मध्यस्थता गर्ने र अन्य व्यावसायिक जटिलताहरुमा उचित परामर्श प्रदान गर्दै आएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago