काठमाण्डौ। विराटनगरमा सम्पन्न भएको स्टार्टअप एन्ड आइडिया फेस्ट २०२२ मा एनआईबिएल एस क्यापिटलले पनि सहभागिता जनाएको छ। 

संस्थागत परामर्शदाताका रुपमा सेवा प्रदान गर्दै आएको एनआईबिएल एस क्यापिटलले उक्त कार्यक्रममा पनि सहभागीहरुलाई आफ्नो संस्थागत परामर्श सेवाको जानकारी गराउँदै सो सेवामार्फत नवीनतम योजना र सोचहरुलाई व्यावसायिक पूर्णता दिने उद्देश्य राखेको जनाएको छ। 

गत चैत १८ बाट लिभिङ विथ आइसीटीले सातै प्रदेशमा ई(बिमाको मुख्य प्रायोजनमा स्टार्टअप एन्ड आइडिया फेस्ट आयोजना आरम्भ गरेको थियो। डिजिटल क्षेत्रमा क्रियाशील स्थानीय नवप्रवर्द्धकलाई प्रवर्द्धन गर्ने र आवश्यक लगानीसमेत जुटाउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो। 

एनआइबिएल एस क्यापिटलले संस्थागत परामर्श सेवामार्फत व्यावसायिक योजना बनाउन, व्यवसायको सम्भाव्यता अध्ययन गर्ने, पुँजी संकलन गर्ने, ऋण संकलनमा वित्तीय संस्था र व्यवसायीबीच मध्यस्थता गर्ने र अन्य व्यावसायिक जटिलताहरुमा उचित परामर्श प्रदान गर्दै आएको छ।