काठमाण्डौ । काठमाण्डौमा शुक्रबार र शनिबार आयोजना भएको स्टार्टअप एन्ड आइडिया फेस्ट तथा स्टिम क्याम्प सम्पन्न भएको छ।
असोज १९ र २० गते थापागाउँस्थित बानेश्वर बैंक्वटमा सञ्चालन भएको दुईदिने फेस्ट अवलोकनकर्ताको उत्साहजनक सहभागितासहित सम्पन्न भएको हो। लिभिङ विथ आईसीटीको मुख्य आयोजनामा भएको फेस्टमा सातै प्रदेशका स्टार्टअपसहित ८० बढी डिजिटल स्टार्टअप र इन्नोभेसनहरुको सहभागिता थियो।
फेस्ट बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन भएको थियो। प्रदर्शनीमा नेपाली युवाले तयार पारेका एआई, ब्लकचेन, मेसिन लर्निङ, ईभी, सफ्टवेयर तथा हार्डवेयर सोलुसनलगायतका स्टार्टअप इन्नोभेसन र आइडिया राखिएको थियो। देशैभरका नयाँ नयाँ स्टार्टअप, इन्नोभेसन हेर्न अवलोकनकर्ताको उत्साहजनक सहभागिता थियो। २ दिनसम्म चलेको फेस्ट १२ हजार बढीले अवलोकन गरेको छन्।
आईसीटी अवार्ड २०२३ को प्रि–इभेन्ट क्याम्पियनका रुपमा भएको स्टार्टअप एन्ड आइडिया फेस्ट तथा स्टिम क्याम्पमा द स्क्वाड अफ चेन्जमेकर्सको सहकार्य रहेको थियो। कार्यक्रमको मुख्य आकर्षणका रुपमा नयाँ–नयाँ आइडिया, इन्नोभेसन तथा प्रडक्टको प्रदर्शनी, आइडिया पिचिङ, एस्ट्रोनोमी क्याम्प, रकेट तथा रोबोटिक्स क्याम्प, लगानीको अवसर तथा गेम रहेका थिए।
फेस्टमा सातै प्रदेशका ३० बढी स्टार्टअपका साथै आईसीटी अवार्ड २०२३ मा प्रतिस्पर्धाबाट छनौट भएका उत्कृष्ट १२ स्टार्टअप, १३ विद्यार्थी इन्नोभेसन र १४ प्रडक्टहरुले समेत फेस्टमा आफ्ना आइडिया र प्रडक्टहरु प्रदर्शनीमा रहेका थिए।
कार्यक्रममा स्क्वाइड अफ चेन्जमेकरले रोबोट, रकेट, थ्रीडी प्रिन्टङसहित बालबालिकाले बनाएका नयाँ प्रोजेक्टहरुलाई पनि प्रर्दशनीमा राखेको थियो।
कार्यक्रममा अवलोकनकर्ताले आईसिटी अवार्ड २०२३ का उत्कृष्ट १२ स्टार्टअप, १४ प्रडक्ट र १३ राइजिङ स्टार इन्नोभेसनलाई भोट गर्न सकिने व्यवस्था गरिएको थियो। कार्यक्रमको अन्तिम दिन सहभागी भएका सातै प्रदेशका स्टार्टअप, एक्जिबिटर, मेन्टर, आइसिटी अवार्डका उत्कृष्ट १२ स्टार्टअप, १३ राइजिङ स्टार र १४ प्रडक्टलाई सहभागिताको सम्मानपत्र समेत वितरण गरिएको थियो।
नेपालको प्रतिष्ठित प्रविधि अवार्डका रुपमा परिचित आइसिटी अवार्डको आठौं संस्करणमा यस पटक विभिन्न १३ विधामा ५०० बढीको नोमिनेसन प्राप्त भएको थियो। हाल आईसीटी अवार्ड २०२३ को नोमिनेसन र छनौट प्रक्रिया सञ्चालनमा रहेको छ।
यसपटक आईसिटी अवार्डको ग्रान्ड फिनालेमा सातै प्रदेशका उत्कृष्ट एक–एक स्टार्टअपलाई प्रोभिन्सियल रिकग्निसन आइसिटी अवार्डसमेत प्रदान गरिनेछ।
आईसीटी अवार्डको ग्राण्ड फिनाले आगामी पुस ६ गते द सोल्टी काठमाण्डौमा आयोजना हुनेछ। स्टार्टअप एन्ड आइडिया फेस्ट र स्टिम क्याम्पसँगै अवार्डका लागि दर्जनौँ प्रि–इभेन्ट सञ्चालन हुनेछन्।
कान्तिपुर टेलिभिजनले २ महिनासम्म स्टार्टअप र आइडिया पिचिङको विशेष कार्यक्रमका रुपमा टेलिभिजन सिरिजहरु पनि प्रशारण गर्नेछ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago