काठमाण्डौ। विथ आईसीटीले सातै प्रदेशमा इबिमाको मुख्य प्रायोजनमा स्टार्टअप एन्ड आइडिया फेस्ट २०२२ आयोजना गरेको छ। 

डिजिटल क्षेत्रमा क्रियाशील स्थानीय नवप्रवर्द्धकहरुलाई प्रवर्द्धन गर्ने र आवश्यक लगानीसमेत जुटाउन समेत उद्देश्यले यो फेस्ट गत चैत १८ गतेबाट सुरु गरिएको हो।  चैत १८ गण्डकी प्रदेशबाट  आरम्भ भएको यो कार्यक्रममा एनआईबिएल एस क्यापिटल लिमिटेडले पनि सहभागिता जनाएको छ। 

संस्थागत परामर्शदाताको रुपमा सेवा प्रदान गर्दै आएको एआईबिएल एसले यस कार्यक्रममा सहभागीहरुलाई आफ्नो संस्थागत परामर्श सेवाको जानकारी गराउने र आफ्नो संस्थागत परामश सेवामार्फत् नविनतम योजना र सोचहरुलाई व्यवसायिक पूर्णता दिने उद्देश्य रहेको जनाएको छ। 

एआईबिएल एसले संस्थागत परामर्श सेवामार्फत व्यावसायिक योजना बनाउन, व्यवसायको सम्भाव्यता अध्ययन गर्ने, पुँजी संकलन गर्ने, ऋण संकलनमा वित्तीय संस्था र व्यावसायीबिच मध्यस्थता गर्ने र अन्य व्यावसायिक जटिलताहरुमा उचित परामर्श प्रदान गर्दै आएको छ।