काठमाण्डौ । भारतको लोकप्रिय हेभी इक्युपमेन्ट उत्पादन कम्पनी एसीई ब्रान्डका मेसिनहरु नेपालमा स्पार्क अटोमोटिभ्स प्रालिले बागमती र नारायणी अञ्चलका लागि ल्याएको छ।
एसीई कम्पनीद्वारा उत्पादित यी हेभी इक्युपमेन्टहरु विभिन्न निर्माण कार्यमा अति नै लोकप्रिय रहेका छन्। नेपालमा स्पार्क अटोमोटिभ्सले भित्र्याएका यी हेभी इक्युपमेन्टसहरुमा ३(४० टनका क्रेन, ब्याक्हो लोडर, ह्विल लोडर तथा विभिन्न सडक निर्माणमा आवश्यक पर्ने कम्याक्टर, टेन्डम रोलर, ग्रेडर एवं वेयर हाउस इक्युपमेन्टमा फर्कलिफ्ट, स्ट्रयाकर आदि रहेका छन्।
स्पार्क अटोमोटिभ्सकोे वर्कसप तथा शोरुम काठमाण्डौ तथा वीरगन्जमा रहेका छन् भने कर्पोरेट अफिस काठमाण्डौको नक्सालमा रहेको छ। यसका साथसाथै कम्पनीले नेपालमा आवश्यक पर्ने एसीई ब्रान्डका अन्य उत्पादनहरुसमेत बजारमा क्रमशः बिक्रीवितरण गर्ने र भविष्यमा बिक्रीपश्चात सर्भिस सेवालाई पनि उत्तिकै महत्वमा राखी समयानुसार शाखाहरु विस्तार गर्दै लैजाने जनाएको छ।
एसीई इक्युपमेन्ट भारतको अग्रणी निर्माणसम्बन्धी उपकरण निर्माण गर्ने कम्पनी हो। जसले निर्माण तथा उत्पादन गरेको निर्माण सामग्री उपकरण देशभरिका सबै प्रमुख पूर्वाधार निर्माण, ठूलठूला निर्माण र औद्योगिक परियोजनाहरुमा रहेको छ। एसीईले आफ्ना उत्पादनहरुको बिक्रीवितरण मध्यपूर्व, एसिया, अफ्रिका तथा दक्षिण अफ्रिकी मुलुकहरुमा समेत गर्दै आइरहेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19