काठमाण्डौ । स्प्यारो एसएमएसलेले आफ्नो१२ औँ वार्षिकोत्सव मनाउँदैछ। यो दिनलाई ‘स्प्यारो डे’का रुपमा पनि मनाइन्छ।
जानकी टेक्नोलोजी प्रालिले पहल गरेको स्प्यारो एसएमएस नेपालको अग्रणी एसएमएस सेवा प्रदायक हो। स्प्यारोले १० हजारभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिसकेको छ र विस्तार गर्न जारी छ।
स्प्यारो एसएमएसले सरकारी संस्थालाई र आपतकालीन र प्राकृतिक प्रकोपको अवस्थामा पनि आफ्नो सेवा प्रदान गर्न सक्षम भएको छ। २०१५ को ठूलो भूकम्पको समयमा स्प्यारोले प्रामाणिक डाटा प्रदान गरेर मद्दत र स्वयंसेवकहरुको व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेलेको थियो।
स्प्यारोले आफ्नो एसएमएस सेवाको रुपमा BULK SMS र API Gateway प्रदान गर्दै आएको छ। स्प्यारोले आफ्नो सञ्चार सेवाका लागि धेरै राष्ट्रिय र अन्तर्राष्ट्रिय पुरस्कार पनि जितेको छ।
१२ औं वार्षिकोत्सवको अवसरमा, स्प्यारो एसएमएसले थप भ्यालु एडेड सेवाहरुः भाइबर बिजनेस मेसेजिङ र स्प्यारो भ्वाइस सेवाहरु पनि लन्च गर्दैछ।
स्प्यारो नेपालका लागि भाइबर व्यवसायको आधिकारिक साझेदार हो। भाइबर नेपाली जनतामाझ निकै लोकप्रिय इन्स्ट्यान्ट मेसेजिङ सफ्टवेयर एप हो। यसमा १ करोडभन्दा बढी नेपाली छन् र धेरै समुदायका लागि प्राथमिक सन्देश अनुप्रयोग पनि हो। अब स्प्यारोले व्यवसाय र संस्थाहरुलाई भाइबर बिजनेस मेसेजिङ सोलुसन प्रदान गर्न सक्छ। जसमा ट्रान्ज्याक्सन, प्रमोसनल र सेसन मेसेजिङहरुका साथै भेरिफाइड बिजनेस आईडी समावेश छन्।
स्प्यारो भ्वाइस सेवा एउटा प्रसारण प्लेटफर्म हो। जहाँ संगठनहरुले समाचार, सूचना, सार्वजनिक सेवा घोषणा वा अन्य सम्बन्धित भ्वाइस सन्देश एकैपटकमा ठूलो मात्रामा जनतामा प्रसारण गर्न सक्छन्। संस्थाहरुले भ्वाइस सेवामार्फत सर्वेक्षणहरु पनि चलाउन सक्छन्।
स्प्यारो एसएमएसले आफ्ना विद्यमान र नयाँ ग्राहक र शुभचिन्तकसँग १२ औँ स्प्यारा डे मनाउनका लागि सीमित अवधिका लागि विभिन्न अफरहरु पनि ल्याएको छ। जसलाई https://bit.ly/3u9HvgJ मा हेर्न सकिन्छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago