काठमाण्डौ । स्प्यारो एसएमएस नेपालको एक अग्रणी सन्देश सेवा प्रदायक कम्पनी हो र बल्क एसएमएस व्यवसायमा प्रख्यात छ।
स्प्यारो भ्वाइस ब्रोडकास्टिङ सेवा सबैभन्दा लोकप्रिय बल्क एसएमएस प्रणालीको परिष्कृत संस्करण हो। जुन हालै स्प्यारोद्वारा प्रस्तुत गरिएको छ।
स्प्यारो भ्वाइसले व्यक्ति वा संस्थालाई आफ्नो सन्देश अडियो ढाँचामा एकैपटक फोन कलमार्फत ठूलो संख्यामा मानिसहरुलाई प्रसारण गर्न मद्दत गर्न सक्छ। विभिन्न समूहका व्यक्ति तथा व्यवसायहरुले अब यस स्वचालित विधिबाट लक्षित समूहमा आफ्ना सन्देश वा सूचना सजिलै पुर्याउन सक्छन्।
चाहे त्यो चुनावी उम्मेदवार होस् वा व्यवसाय, उनीहरुले आफ्नो अभियान, उत्पादन, सेवा वा ठूलो संख्यामा मानिसलाई कुनै पनि निमन्त्रणाको बारेमा जानकारी फैलाउन सजिलैसँग स्प्यारो भ्वाइस प्रयोग गर्न सक्छन्। प्रसारण गर्न अडियो फाइल कुनै पनि भाषामा र तपाइँको आफ्नै आवाजमा रेकर्ड गर्न सकिन्छ। जसले लक्षित दर्शकलाई विभाजन गर्न र थप व्यक्तिगत रुपमा जानकारी प्रदान गर्न मद्दत गर्दछ।
स्प्यारो भ्वाइसले आफ्ना सन्देशहरु पढ्न नसक्ने व्यक्तिहरुका लागि सूचना प्रसारणको अवरोधलाई पनि हटाउँछ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज थापाले आगामी स्थानीय तहको निर्वाचनमा स्प्यारो भ्वाइस निकै सहयोगी हुने बताए। भौगोलिक बाधा वा आफ्नो व्यस्त तालिकाको बाबजुद उम्मेदवारहरु्रले आफ्ना प्रत्येक मतदातालाई आफ्नो अभियानको एजेन्डा सञ्चार गर्न सक्छन्।
स्प्यारो भ्वाइस न्यूनतम ३० सेकेन्डबाट सुरु हुने र सबै दूरसञ्चार नम्बरहरुमा समान उचित दरमा स्प्यारोको विभिन्न भ्वाइस प्रसारण प्याकेजहरु प्रदान गर्दछ। यो सेवा रोज्नका लागि तपाइँ सजिलैसँग स्प्यारो अफिसमा सम्पर्क गर्न सक्नेछन्।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago