काठमाण्डौ। लोकप्रिय लेमन–लाइम पेय पदार्थ स्प्राइटले यो गर्मीका लागि ‘स्प्राइटसँग जित्ने मौका’ नामक क्याम्पेनको सुरुआत गरेको छ।
यो प्रमोसन स्प्राइटको ‘क्लियर रह’ अभियानको हिस्सा हो। जसको उद्देश्य युवाहरूलाई स्प्राइटकोे साथमा आफ्ना पलहरु रिसेट र रिफ्रेस गर्न प्रेरित गर्नु हो। यस प्रमोसनमा स्प्राइटका ब्रान्ड एम्बेसेडर अनमोल केसीलाई छाँयाकन गरिएको छ।
यस क्याम्पेनअन्तर्गत ९ जना भाग्यशाली उपभोक्ताले बिहान १० बजेदेखि बेलुका ७ बजेसम्म हरेक घन्टा एउटा सामसङ ग्यालेक्सी स्मार्टफोन जित्ने मौका पाउनेछन्। यसका साथै उपभोक्ताले हरेक हप्ता एउटा स्मार्ट वाच र एउटा सामसङ स्मार्टफोन जित्ने मौका पनि पाउनेछन्।
यो अफरमा सहभागी हुनका लागि उपभोक्ताले लेबलमा रहेको क्यूआर कोड स्क्यान गर्नुपर्नेछ अथवा सीधै धधध।कउचष्तभ।अयm।लउ मा लगइन गरेर आफ्नो मोबाइल नम्बर र लेबल पछाडि रहेको सिरियल नम्बर इन्टर गर्नुपर्नेछ। सहभागीहरुले आफ्नो पूरा नामसहित ३४९४९ नम्बरमा लेबलको पछाडि रहेको सिरियल नम्बरमा पनि एसएमएस गर्न सक्नेछन्।
यो योजना २०७८ फागुन ८ देखि २०७८ चैत १६ सम्म लागू हुनेछ। यो अफर स्प्राइट र फ्यान्टाको २५० मिलिलिटरको पीईटी प्याक, ५०० मिलिलिटर, १.५ लिटर, र २.२५ लिटरमा लागु हुनेछ। बजारमा यो अफर लागू नहुने बोतलहरु पनि उपलब्ध छन्।
ग्राहकले पुरस्कार परेको युनिक कोड भएको लेवल प्रमाण र सत्यताको लागि अनिवार्य रुपमा आफूसँग राख्नुपर्नेछ। थप नियम र सर्तहरुसम्बन्धी विस्तृत विवरण स्प्राइटकोे आधिकारिक वेबसाइटबाट जानकारी लिन सकिनेछ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago