काठमाण्डौ । नमस्ते पे प्रयोगकर्ताहरूले अब नमस्ते पे वालेटमा स्प्लिट बिलको सुविधा प्रयोग गर्न सक्नेछन्। यो सुविधाको फाइदा एन्ड्रोइड र आईओएस दुवै प्रयोगकर्ताहरुले लिन सक्नेछन्।

साथीभाई र आफन्तसँग खाजा खादा होस् या सपिङ जाँदा, नमस्ते पेको स्प्लिट बिल सेवा कुनै झन्झट बिना छिटो, सरल र भरपर्दो रुपमा प्रयोग गर्न सकिन्छ। क्यूआर स्क्यानमार्फत मर्चेन्ट भुक्तानी गर्दा पनि यो सुबिधाबाट लाभ लिन सकिन्छ।

एनडीपीसी नेपालको सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकम र सार्वजनिक क्षेत्रको सर्वाधिक ठूलो बैंक राष्ट्रिय बाणिज्य बैंकद्वारा संयुक्त रुपमा प्रवर्द्धिधत भुक्तानी सेवा प्रदायक संस्था हो । नमस्ते पेअन्तर्गत इन्टरनेट र स्मार्ट फोन आवश्यक नपर्ने गरी ग्क्क्म् मार्फत बैंक र वित्तीय पहुँच नभएका ग्रामीण क्षेत्रमा तथा मोबाइल एपमार्फत अन्य क्षेत्रमा समेत आधुनिक र सरल डिजिटल भुक्तानी सेवा प्रदान गर्ने दुबै प्रकारका विशेषता रहेका छन्।  

नमस्ते पे नगदरहित समाज सिर्जना गर्ने प्रयासमा उल्लेख्य भूमिका खेल्ने ध्येयले सुरु गरिएको डिजिटल भुक्तानी सेवा हो। आधुनिक प्रविधिको प्रयोगमार्फत सरल र सुरक्षित डिजिटल भुक्तानी सेवा प्रदान गरी बैंक र डिजिटल प्रविधिमा पहुँच भएका तथा नभएका सबै उपभोक्तालाई आधुनिक वित्तीय सेवा प्रदान गर्नु यस वालेट सेवाको उद्देश्य रहेको छ।