काठमाण्डौ । इसेवा मनी ट्रान्सफर र ‘स्मल वर्ल्ड’ बीच रेमिट्यान्स् कारोबार गर्ने सम्झौता भएको छ ।

यो सेवा सुरु भएपछि अमेरिका, बेलायत, सेनजेन, ब्राजिलगरि २२ वटा देशहरुमा रहेका नेपालीले स्मल वर्ल्डमार्फत नगद तथा कुनै पनि बैंक खातामा र इसेवा वालेटमा पैसा पठाउन सकिनेछ। नगदमा पठाइएको रकम नेपालभर रहेका इसेवा मनी ट्रान्सफरका ८ हजारभन्दा एजेन्ट तथा इसेवा वालेट एपमा पनि प्राप्त गर्न सकिनेछ। त्यसैगरी बैंक खातामा पठाएइको रकम तत्कालै सेवाग्राहीको बैंक खातामा जम्मा हुनेछ।

स्मल वर्ल्ड ग्राहकहरुको भरपर्दाे र विश्वासिलो भुक्तानी सेवाप्रदायक, रेमिट्यान्स् कम्पनी हो। जसको सिद्धान्त विप्रेषण भुक्तानीको सेवा र माध्यमबाट विशाल संसारलाई सानो बनाउने रहेको छ । स्मल वर्ल्डको विश्वभरि २ लाख ५० हजारभन्दा धेरै एजेन्ट सञ्जाल र ८०० भन्दा बढी दक्ष जनशक्तिद्धारा वार्षिक १ करोड ५० लाखभन्दा वटाभन्दा बढी कारोवार गर्दछ।

इसेवा मनी ट्रान्सफरले डिजिटल रेमिट्यान्स्का साथै एजेन्ट बेस रेमिट्यान्स् सेवामार्फत नेपालमा सेवा प्रदान गर्दै आइरहेको छ। हालको विषम  परिस्थितिलाई मध्यनजर गर्दै डिजिटल माध्यमबाट रेमिट्यान्स् पठाउदा सुरक्षित, समयको बचत, आर्थिक फाइदा र प्राविधिक ज्ञानको अवसर मिलेको छ। 

इसेवा मनी ट्रान्सफरलाई विप्रेषणको विश्वबजारमा छुटै नाम, सेवा र प्रविधिको पूर्ण कम्पनीका रुपमा स्थापना गर्नु आफूहरुको उद्देश्य रहेको इसेवा मनी ट्रान्सफरका प्रबन्ध निर्देशक अजेश कोइरालाले बताए।