काठमाण्डौ। फिनटेक कम्पनी दियालो टेक्नोलोजिज प्रा.लि.ले पूर्ण अटोमेसनको स्मार्ट वाटर प्रविधिको विकास गरेसँगै भरतपुरमा यो प्रविधिको सुरुआत भएको छ। टोखा नगरपालिकामा विकास गरिएको यो प्रविधि भरतपुरमा विस्तार गरिएको हो। 

कार्यक्रममा नगर विकास कोषका कार्यक्रम संयोजक सुवासराज पन्तले नगर विकास कोषको लगानीमा बनेका र बन्ने क्रममा रहेका १२० खानेपानीलाई प्रविधिको प्रयोगका लागि सधैं प्रोत्साहन गरेको धारणा व्यक्त गरे। 

यस्तै कार्यक्रममा अतिथिहरुले मन्तव्यमा दियालो टेक्नोलोजिजले विकास गरेका प्रविधिको प्रयोगले खानेपानीलाई प्रविधिमैत्री बनाएको, कार्यालय व्यवस्थापन, आर्थिक व्यवस्थापनजस्ता कार्यमा सहयोग पुगेको धारणा व्यक्त गरे। खानेपानीका उपभोक्तालाई डिजिटल माध्यमबाट संस्थागत कारोबार र अन्तरक्रिया गरी प्रविधिमा पहुच दिइएकोे साथै संस्थाको कारोबार पारदर्शी बनाई खानेपानी व्यवस्थापनमा सहयोग गरिरहेको धारणा राखे। 

कार्यक्रममा विशेष अतिथि भरतपुर महानगरपालिकाका उपमेयर चित्रसेन अधिकारीले चितवनमा यस प्रकारको कार्यक्रम आयोजना भाकोमा प्रसन्नता व्यक्त गर्दै प्रविधिको प्रयोग र त्यसमा जनताको पहुँच पुर्याउने कार्यमा महानगरपालिकाले सधैंँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। 

यो प्रविधिले खानेपानी क्षेत्रलाई पूर्ण रुपमा अटोमेसन गर्ने छ। दियालोले खानेपानी समितिदेखि उपभोक्तासम्म, उत्पादन तथा वितरणदेखि उपभोक्ताको घरघरमा स्मार्ट मिटररिडिङ, बिलिङदेखि जिन्सी व्यवस्थापन, पानीको गुणस्तर मापनदेखि ट्यांकी व्यवस्थापनसम्मका करिब १५ वटा प्रणालीको विकास गरेको हो। यस कार्यक्रममा मकवानपुर, चितवन र नवलपुर जिल्लाका ८० वटा खानेपानीका १५० जना पदाधिकारी र व्यवस्थापकहरुको सहभागिता थियो। 

हालसम्म करिब ८०० वटा खानेपानी समितिहरुलाई डिजिटलाईजेशन गरिसकेकोे दियालोले खानेपानी क्षेत्रका सम्पूर्ण प्रक्रियालाई अन्तराष्ट्रिय मापदण्डको बनाउने उदेश्यसहित यो  प्रणालीको विकास गरेको हो। स्मार्ट वाटर प्रविधिको भरतपुर नगरपालिका  खानेपानी तथा सरसफाइ उपभोक्ता समितिमा विस्तार गरिएको हो।

करिब दशवर्ष अगाडी स्थापना भएको दियालो टेक्नोलोजिजले खानेपानी क्षेत्रलार्य आवश्यक पर्ने सफ्टवेयरहरु निर्माण गर्दै आएको छ।