काठमाण्डौ । चुनावी प्रचार अभियानमा आफूलाई एमालेबाट भावी प्रधानमन्त्रीको रुपमा प्रस्तुत गरेका एमालेका वरिष्ठ उपाध्यक्ष बामदेव गौतम धरापमा परेका छन् । 

पछिल्लो मतपरिणाम अनुसार उनी सञ्जय गौतमसँग ११ सय मतले पछाडि परेका हुन् । 

सञ्जय गौतमले ४२ हजार ८ सय १५ मत ल्याउँदा बामदेव गौतमले भने ४१ ह्जार १ सय ६५ मत मात्र ल्याएका छन् । 

बर्दियाको क्षेत्रनम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा चुनाव लडेका एमाले नेता गौतमले चुनाव हार्नसक्ने अवस्था रहेको त्यहाँका संचारकर्मीले बताएका छन् । 

यही क्षेत्रमा पर्ने बर्दिया नगरपालिकाका २ वटा वडाको मतगणना बाँकी छ । यी वडाका ४ हजार मत गणना गर्न बाँकी रहेको छ । यही ४ हजार मतबाट उनले २९०० मत ल्याएनन् भने पराजय निश्चित देखिन्छ ।