काठमाण्डौ । केएल दुगड समूहअन्तर्गतको स्वस्तिक आयल इन्डस्ट्रिज प्रालि सुनसरी–मोरङ औद्योगिक करिडोरमै सबैभन्दा बढी निर्यात गर्ने उत्कृष्ट उद्योगका रुपमा सम्मानित भएको छ। 

स्वस्तिकलाई उद्योग संगठन मोरङले आर्थिक एवं औद्योगिक विकासका साथै राजस्व र रोजगारीको क्षेत्रमा योगदान पुर्याउँदै निर्यातमूलक वस्तु उत्पादन गरी आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ मा सुनसरी–मोरङ औद्योगिक करिडोरका निर्यातमूलक उद्योगहरुमध्ये सबैभन्दा बढी निर्यात गर्ने उत्कृष्ट उद्योगका रुपमा सम्मान गरेको हो। उक्त सम्मान उद्योग संगठन मोरङको ४८ औँ वार्षिक साधारणसभाको समुद्घाटन समारोहका अवसरमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले स्वस्तिक आयलका सञ्चालक विकास दुगडलाई प्रदान गरेका थिए। 

स्वस्तिक आयलले स्वस्तिक सोयाबिन तेल, धारा हेल्थ सनफ्लावार तेल, सनफ्लो सनफ्लावार तेलजस्ता गुणस्तरीय तथा लोकप्रिय तेल उत्पादन गरी बिक्रीवितरण गर्दै आइरहेको छ।