काठमाण्डौ । सामसुङ, हिमस्टार, चिन्ट, इन्डोएसियन, गलान्ज र अहुजा जस्ता शीर्ष–स्तरीय ब्रान्डहरुको लागि प्रख्यात गन्तव्य स्विचअन रिटेलले भक्तपुरको गठ्ठाघरमा आफ्नो नयाँ आउटलेट सञ्चालनमा ल्याएको छ।
सङ जुन पार्क (प्रमुख–सामसंग इलेक्ट्रोनिक्स नेपाल शाखा), शेखर गोल्छा (अध्यक्ष र एमडी, गोल्छा ग्रुप) र सीमा गोल्छा (निर्देशक, हिम इलेकट्रोनिक्स)ले संययुक्त उक्त आउटलेटको उद्घाटन गरेका छन्। स्विचअन रिटेलको उद्देश्य राजधानीमा गुणस्तरीय घरेलु उत्पादन र उत्कृष्ट ग्राहक सेवाको बढ्दो मागलाई पूरा गर्नु हो।
काठमाण्डौको नक्सालमा रहेको स्विचअन रिटेलको प्रमुख आउटलेटले पहिले नै यसको प्रिमियम सेवाहरुका लागि लोकप्रियता पाएको छ। ग्राहकलाई पूर्ण सन्तुष्टि, विश्वसनीयता र प्रामाणिकताका साथ आफ्नो सेवा प्रदान गर्दै आएकोले यो आउट्लेटले आफ्नो लोकप्रियता कायम राखेको छ।
‘स्विचअन रिटेललाई भक्तपुरमा परिचय गराउन पाउँदा हामी हर्षित छौँ’, हिम इलेकट्रोनिक्सकी निर्देशिकासीमा गोल्छाले भनिन्, ‘हाम्रो नयाँ आउटलेट घरेलु आवश्यकताहरु पूरा गर्दै उपकरण र उत्पादनहरुको विस्तृत शृंखला प्रदान गर्न समर्पित छ। हामी भक्तपुर समुदायको सेवा गर्न तत्पर छौँ।’
स्विचअन रिटेल भक्तपुरले विभिन्न अत्यावश्यक घरेलु वस्तुहरु प्रदर्शन गर्नेछ। जहाँ प्रतिष्ठित ब्रान्डहरुका टीभी, फ्रिजदेखि लिएर बल्बजस्ता विद्युतीय वस्तुहरु सबै पाइनेछ। अत्याधुनिक इलेकट्रोनिक्स र स्टाइलिस घडीहरुसहित नयाँ स्विचअन रिटेल आउटलेटले हरेक घरको आवश्यकता पूरा गर्ने गरी रोमाञ्चक किनमेलको अनुभवको ग्यारेन्टी दिन्छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19