काठमाण्डौ । नेपाल सरकारले अरुणकुमार चौधरीलाई औपचारिक रुपमा हंगेरीका अवैतनिक महावाणिज्यदूतमा नियुक्त गरेको छ।
चौधरीलाई हंगेरीका परराष्ट्रमन्त्री पिटर सियार्टोले गत फेब्रुअरी १७ मा प्रदान गरेको कन्सुलर कमिसनका आधारमा नेपाल सरकारले उनलाई अवैतनिक महावाणिज्यदूतमा नियुक्त गरेको हो। चौधरीलाई परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल डा दुर्गाबहादुर सुवेदी क्षेत्रीले सोमबार ओहदाको प्रमाणपत्र हस्तान्तरण गरेका थिए। डा सुवेदीले उनलाई बधाइ ज्ञापन गर्दै सफल कार्यकालको कामनासमेत गरे।
चौधरी नेपालको व्यावसायिक घराना सीजी होल्डिंग्सका अध्यक्ष तथा प्रबन्ध सञ्चालक हुन्। कार्यक्रममा चौधरीले आगामी दिनमा नेपाल–हंगेरीको बहुआयामिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago