काठमाण्डौ । हरपल चामलको नयाँ ब्रान्ड गुलाब बासमती चामल नेपाली बजारमा बिक्रीवितरण सुरु गरिएको छ। 

विगत १७ वर्षदेखि हरपल ब्रान्डलाई नेपाली बजारमा बिक्रीवितरण गर्दै आएको हरपल फुड्सले यो चामल बजारमा ल्याएको हो। १ केजी, ५ केजी र १० केजीको प्याकमा गुलाब बासमती चामल नेपाली बजारमा उपलब्ध रहेको प्रबन्धक तारामान धामीले जानकारी दिए।  

गुलाब बासमती चामल देशभरको बजारमा उपलब्ध भइसकेको धामीले बताए। ‘भारतलगायत खाडी मुलुक र युरोपमा सर्वत्र उपलब्ध यो चामल नेपाली बजारमा लोकप्रिय हुनेमा कम्पनी बिश्वस्त रहेको छ’, धामीले भने, ‘हरपल चामलले विगत १७ वर्षदेखि नेपाली बजारमा आमउपभोक्ताको मन जित्न सफल छ, गुलाब बासमती पनि आम उपभोक्ताको रोजाइमा पर्नेमा हामी विश्वस्त छौँ।’

हरपलले बर्सेनि नयाँ–नयाँ ब्रान्ड थप्ने क्रममा यो वर्षदेखि गुलाब बासमतीको बिक्री सुरुआत गरेको हो। उपभोक्ताको रुचि र आवश्यकतालाई मध्यनजर गरी अंग्रेजी नयाँ वर्ष २०२२ देखि गुलाब बासमती चामल उपलब्ध गराइएको हरपल फुड्सले जनाएको छ। ‘विशेष गरी बासमती चामल उपभोग गरिरहेका बासमती चामलका पारखीहरुलाई मध्यनजर गरेर यो चामल बजारमा ल्याएका हौँ’, धामीले भने। 

भारतमा २४ वटै प्रान्तमा यो चामल निकै लोकप्रिय रहेको धामीले जानकारी दिए। 

त्यस्तै कम्पनीले ग्यालेक्सी प्रिमियम बासमती राइस २० केजीको प्याकमा, ग्यालेक्सी जम्बो ११२१ बासमती राइस २० केजी, ५ केजी र १ केजीको प्याकमा र ग्यालेक्सी ब्राउन बासमती राइस १ केजीको प्याकमा बजारमा बिक्री वितरण गरिरहेको छ। त्यसैगरी कम्पनीले हरपल रिच राइस २० केजी र ५ केजीको प्याकमा बजारमा उपलब्ध गराइरहेको छ। मधूमेहका बिरामीलाई लक्षित गरेर हरपल उसिना चामल २० केजी र ५ केजीको प्याकमा उपलब्ध छ।

हरपल पसन्द चामल स्टिम र बोइल गरेर २० र ५ केजीमा उपलब्ध छ। दीपम सोनम जिरा मसिनो चामल २५ केजीमा उपलब्ध छ। शुभमालिका ब्रान्डको चामल पनि नेपाली बजारमा प्रालिले बिक्रीवितरण गरिरहेको छ। यो चामल २५ केजीको प्याकमा उपलब्ध छ। 

स्पेसल बिर्यानीका लागि ग्यालेक्सी गोल्डेन सेला बासमती राइस पनि बजारमा उपलब्ध रहेको कम्पनीले जनाएको छ। 

त्यसैगरी वर्षेनी हरपल फुड्स प्रालिले आमउपभोक्ताहरुको आवश्यकता र रुचिलाई मध्यनजर गरेर नयाँ–नयाँ ब्रान्डहरु नेपालीहरुका बीचमा ल्याइरहेको धामीले जानकारी दिए। यसका साथै बर्तमान अवस्थामा नेपालको आर्थिक अवस्थालाई मध्यनजर गरेर आम उपभोक्ताको रुची र आवश्यकतालाई मध्यनजर गर्दै होटेल, होस्टेल, रेष्टुरेन्ट, थकाली भान्छाघर र क्याटरिङलाई ध्यान दिएर गुणस्तरयुक्त सहुलियत मूल्यमा गुलाब बासमती चामललाई नेपाली बजारमा ल्याइएको धामीले बताए।