काठमाण्डौ । सफ्टवेरिका कलेज अफ आईटी एन्ड ई–कमर्सले हालै सामाजिक उद्यमशीलतालाई बढावा दिने प्रतिष्ठित अन्तर्राष्ट्रिय प्रतियोगिता हल्ट प्राइजको अन–क्याम्पस राउन्ड सम्पन्न गरेको छ।
यस कार्यक्रमले नयाँ सामाजिक उद्यमशीलता अवधारणाहरु प्रयोग गरी विश्वव्यापी चुनौतीहरुलाई सम्बोधन गर्न विद्यार्थी, उद्यमी र सल्लाहकारहरुको विविध समूहलाई एकसाथ लिएर आएको थियो।
यस कार्यक्रमका, विजेता टोलीले आफ्नो सामाजिक उद्यम सुरु गर्न र दिगो प्रभाव सिर्जना गर्न सिड फन्डिङ ९कभभम ागलमष्लन० अन्तर्गत एक मिलियन प्राप्त गरेका छन्।
क्याम्पस निर्देशक स्वप्निल विष्टको नेतृत्वमा सफ्टवेरिका कलेजले हल्ट प्राइज २०२२–२३ का लागि प्रेरणादायी कार्यक्रमहरुको आयोजना गरेको थियो। जसमा ३० भन्दा बढी टोलीले भाग लिएका थिए। जसमा १० भन्दा बढी नेपाली उद्यमीहरु सहभागी थिए। कार्यक्रममा उनीहरुले आफ्ना अमूल्य परामर्श र सल्लाह प्रदान गरेका थिए। एक कठोर मूल्यांकन प्रक्रियापछि, पाँच टोलीहरु अन–क्याम्पस विजेताको प्रतिष्ठित शीर्षकका लागि प्रतिस्पर्धा गर्दै फाइनलमा पुगेका थिए।
मेलबर्न लगायत विश्वभरका विभिन्न १२ स्थानहरुमा आयोजना गरिने क्षेत्रीय शिखर सम्मेलनका विजेता टोलीहरुलाइ आफ्नो अवधारणाहरु प्रस्तुत गर्न एक अन्तर्राष्ट्रिय मञ्च प्रदान गरेको थियो। कार्यक्रममा नेपालका प्रतिभाशाली सदस्यहरु वसन्त अधिकारी, अनिशा मल्ल, गरिमा श्रेष्ठ र सहर्ष केसी सम्मिलित ‘द ढाका प्यालेट’ ले मेलबर्नमा आफ्नो क्रान्तिकारी ‘रिडिजाइनिङ फेसन’ अवधारणा प्रस्तुत गरेका थिए। उनीहरुको परिकल्पनामा परम्परागत ढाका फेब्रिकलाई एआई प्रविधिकोे प्रयोग गरी दैनिक पहिरनमा एकीकृत गर्न सकिन्छ भन्ने थियो। उनीहरुको विचार लक्षित बजारलाई अपसाइक्लिंग र रिसाइक्लिंग जस्ता सेवाहरु प्रदान गर्न बाटो विस्तार गर्नेछ। उनीहरुको कोसिस– सिर्जना, परम्परा, सशक्तीकरण र दिगोपनाप्रतिको गहिरो श्रद्धाबाट प्रभावित थियो।
सफ्टवेरिका कलेजको हल्ट प्राइजले सामाजिक उद्यमशीलताको विकास गर्न र विश्वव्यापी चुनौतीहरुको दिगो समाधानलाई बढावा दिन एउटा संस्थानको समर्पण देखाउँदछ। यस प्रतियोगिताले युवा सामाजिक उद्यमीहरुका लागि मञ्च प्रदान गरी परिवर्तनकारीहरुको अर्को पुस्तालाई सशक्त बनाउन महत्पूर्ण भूमिका खेल्दछ।
यस कार्यक्रमको लागि सम्पूर्ण यात्राको खर्च कलेजले नै विद्यार्थीहरुको लागि प्रायोजित गरेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19