काठमाण्डौ । प्रभु क्यापिटल लिमिटेडले आश्विन १९ गते पन्ध्रौ साधारण सभाको अवसर पारेर “Prabhu Big Shot” नामक लगानी व्यवस्थापन सेवा सार्वजनिक गरेको छ ।
 
हालको लगानी व्यवस्थापन सेवा साधारण जनतालाई मात्र केन्द्रीत भएको जनाउदैं उक्त लगानी व्यवस्थापन सेवा भने हाई नेटवर्थ (उच्च नेटवर्थ) भएका व्यक्ति तथा संस्थाहरुलाई केन्द्रित भएको क्यापिटलले जनाएको छ । 
 
उच्च पदस्थ व्यक्तिहरुको समय व्यस्तता हुने र लगानीमा उचित समय दिन नसकिने समस्यालाई मध्यनजरमा राखी सो योजना क्यापिटलले सुरुवात गरेको बताइएको छ ।
 
यो योजनाको विशेषता निम्नअनुसार रहेको छः
  • न्यूनतम लगानीः ५० लाख
  • न्यूनतम लगानी अवधिः ३ वर्ष
  • ह्र्डल रेटः ८ प्रतिशत
  • वार्षिक व्यवस्थापन शुल्क (एएमसी): १ प्रतिशत
  • मुनाफामा लाग्ने शुल्कः १५ प्रतिशत
लगानीकर्ताले रु ५० लाखबाट यो लगानी व्यवस्थापन सुरु गर्न सक्नेछन् । रु ५० लाख लगानीकर्ताले क्यास, आफ्नो शेयर पोर्टफोलियो, अथवा क्यास र शेयर पोर्टफोलियो मिक्स गरी लगानी व्यवस्थापन सुरु गर्न सक्नेछन् । 
 
Prabhu Big Shot लगानी व्यवस्थापन सेवामा आबद्ध भई ग्राहकहरुले विशेष प्रीमियम प्याकेजको लाभ समेत लिन सकिने क्यापिटलले जनाएको छ । 
 
विशेष प्रिमियम प्याकेजअन्तर्गत ग्राहकको एकाघर घर परिवारका सदस्यहरुलाई आजीवन निःशुल्क डिम्याट खाता, क्यापिटलको अन्य लगानी व्यवस्थापन योजनाहरुमा वार्षिक शुल्क तथा मुनाफामा लाग्ने शुल्कमा ५० प्रतिशत छुट र निःशुल्क लगानी सम्बन्धी परामर्श तथा उत्कृष्ट कम्पनीहरुको संस्थापक शेयरमा लगानीको प्रस्ताव तथा अवसर प्रदान गरिने विज्ञप्तिमा उल्लेख छ ।
 
साथै यो सेवा बजारको समयसापेक्ष ल्याइएको तथा नेपालीहरुको महान चाड दशैं, तिहार तथा छठको अवधिभित्र यस योजनासँग जोडिने लगानीकर्ताहरुलाई योजनामा लाग्ने शूल्कमा थप छुटको व्यवस्था समेत गरिएको छ । क्यापिटलले ग्राहकको सेवालाई प्राथमिकतामा राखी विभिन्न प्रकारका योजनाहरु संचालन गरि रहेको छ । 
 
क्यापिटलका अनुसार लगानी व्यवस्थापन सेवा योजनामा संलग्न भएका सेवाग्राहीले दैनिक रुपमा अनलाइनबाटै आफ्नो पोर्टफोलियो हेर्न सक्ने तथा साप्ताहिक पोर्टफोलियोको विवरण ईमेल मार्फत पाउने व्यवस्था प्रदान गरिरहेको छ ।
 
ग्राहकले प्रभु क्यापिटलको डिजिटल एप मार्फत पनि आफ्नो पोर्टफोलियो दैनिक हेर्न सक्ने सुविधा शुरु गरिसकेको क्यापिटलले जनाएको छ ।