काठमाण्डौ । रुपन्देहीको बुटवलस्थित हाईलाइफ फुड प्रोडक्ट प्रालिले कोरोनाभाइरसका कारण छिमेकी मुलुक भारतबाट फर्केर आई क्वारेन्टाइनमा बसेकाहरुको दैनिक खानपिनका लागि आफ्ना उत्पादनहरु वितरण गरेको छ।
कम्पनीले आफ्नै उद्योगबाट उत्पादित चिउरा, सोयाबिन मस्यौरा, कर्नफ्लेक्स, ओट्सलगायतका खाद्यसामग्री सहयोग गर्दै आएको हो। यस क्रममा गत जेठ ८ गते बुटवल वडा नंं ४ कान्ति माविको क्वारेन्टाइनमा रहेका ११० जनाका लागि मिश्रित खाद्यान्न प्याकेज उक्त वडाका वडा अध्यक्ष टंकप्रसाद पराजुलीलाई हस्तान्तरण गरेको छ। यसबाट उक्त स्कुलमा रहेका व्यक्तिहरुले धेरै राहत अनुभव गर्र्ने विश्वास गर्दै उक्त कम्पनीले यस विषम परिस्थितिमा निकै सरहानीय काम गरेकोे अध्यक्ष पराजुलीले जानकारी दिए।
त्यस्तै सोही दिन कम्पनीले तिलोत्तमा वडा नं. २ स्थित दुर्गादत्त माविको क्वारेन्टाइनमा रहेका ४५ जनाका लागि त्यस वडाका वडा अध्यक्ष दधिराम गौतमलाई खाद्यसामग्री हस्तान्तरण गरिएको छ। यसअघि पनि सियारी गाउँपालिका वडा नंं. १ का ३०० विपन्न परिवारलाई एक सातालाई पुग्नेगरी उक्त वडाका वडा अध्यक्ष अरुण साहीमार्फत खाद्यसामग्री हस्तान्तरण गरिसकेको र कम्पनीले बेलाबखतमा यस्ता सामाजिक उत्तरदायित्वका कामहरु गर्दै आएको पनि कम्पनीका प्रवन्ध निर्देशक प्रशान्त घिमीरेले जानकारी गराए।
उक्त कम्पनीले उत्पादन गर्ने सबै खाद्यान्नमा नेपालकै ९० प्रतिशत कच्चा पदार्थ प्रयोग गरी उच्च गुणस्तरको उत्पादन भएको र उत्पादित वस्तु नेपाल अधिराज्यको साथै विदेशमा पनि हङकङ, मकाउलगायतका देशहरुमा विक्री वितरण गर्दै आएको र हाल अस्ट्रेलिया र अमेरिकामा पनि निर्यात गर्ने प्रक्रियामा रहेको छ। यस विषम परिस्थितिमा पनि कम्पनीले खाद्यान्न अभाव नहोस भन्ने उद्देश्यले निकै समस्याका बावजुद पनि विभिन्न सुरक्षाका मापदण्ड अपनाएर आफ्नो उत्पादनलाई निरन्तरता दिएको छ।
कम्पनीमा कार्यरत आफ्ना कर्मचारीहरुको सुरक्षाका लागि कम्पनी स्वयंले कोभिड–१९ बिमा व्यवस्था गरिदिएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19