काठमाण्डौ। हात्ती ८ स्ट्रङ बियरले जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजको परिसरमा एक कार्यक्रमबीच ‘हात्ती मेरो साथी’ टिकटक च्यालेन्ज सम्पन्न गरी विजेताहरु घोषणा गरेको छ।
उक्त च्यालेन्जमा भाग लिन सहभागीहरुले टिकटकमा उपलब्ध ‘हात्ती मेरो साथी’ को गीतमा नाचेर गत असोज १५ देखि मंसिर १४ भित्र टिकटक भिडियो अपलोड गरेका थिए।
सर्वाधिक लाइक प्राप्त गरी पहिलो हुन सफल जानकी कुमारी बरालले नगद रु. १ लाख, दोस्रो हुन सफल चन्द्रकुमारी फुयाल (हजुरआमा) ले नगद रु. २५ हजार तथा तेस्रो हुन सफल सुरुची श्रेष्ठले नगद रु. १० हजारका साथै तीनै विजेताले २ जनाका लागि २ रात ३ दिनको सौराहा भ्रमणको प्याकेज प्राप्त गरेका छन्।
यस प्रतियोगितामा नेपालका विभिन्न ठाउँबाट आएका विभिन्न उमेर समूहका थुप्रैले बनाएको नाचेको टिकटक भिडियोहरु ३० लाखभन्दा बढी पटक हेरिएको थियो।
हात्ती ८ बियर जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजअन्तर्गत सञ्चालित राज ब्रुअरी प्रालिद्वारा उत्पादित स्वदेशी प्रिमियम स्ट्रङ बियर हो। ३३० मिलिको सानो बोतलमा उपलब्ध यो बियरमा अल्कोहलको मात्रा ८ प्रतिशत छ। हात्ती ८ प्रिमियम स्ट्रङ बियर युवापुस्ताका बियर पारखीहरुमाझ अत्याधिक रुचाइएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago