कोरिया । जीएमई कोरियाको आयोजनामा कोरियास्थित असान रंगशालामा १६ देशका १६ टीमबीच भएको प्रतिस्पर्धात्मक खेलको पहिलो चरणमा नेपालले पाकिस्तानलाई सहजै पराजित गरेको छ।

नेपालको जितमा निशान कार्कीले ५, राज थापाले ४ र अविनाश कार्कीले २ गोल गरेका थिए। अन्य खेलमा इन्डोनेसियाले चाइनालाई ५–२, श्रीलंकाले कम्बोडिया लाई २–१ र मंगोलियाले सीआईएस नेसन्सलाई ४–१ ले हराउँदै ग्रुप ‘ए’बाट दोस्रो चरणमा प्रवेश गरेका छन्।

कोरियामा जारी प्रतिस्पर्धात्मक खेलको फाइनल खेल आउँदो सेप्टेम्बर १२ मा योग्सन वर्ल्ड कप रंगशालामा हुँदैछ।