काठमाण्डौ । योङ, ट्रेन्डी तथा स्वस्थसम्बन्धी सचेत खानाका पारखीहरूका लागि काठमाण्डौँमा ‘द लिभिङ रुम’ रेष्टुरेन्ट खुलेको छ । यो भर्सटाइल रेष्टुरेन्ट हायात रिजेन्सीको लबी एरियामा अवस्थित रहेको छ ।

शान्त र मनमोहक वातावरणमा रहेको ‘द लिभिङ रुम’ रेष्टुरेन्ट हुँदै टेरेस(छत)मा जान सकिन्छ जहाँबाट सुन्दर र हराभरा बगैचा तथा स्वीमिङ पुल देख्न सकिन्छ । यसको नाम’दलिभिङ रुम’जसको शाब्दिक अर्थ हुन्छ बैठक कोठा जहाँ परिवारका सबै सदस्यहरूको जमघट हुन्छ र रमाइला कुराहरू हुने गर्छन् । यसको नामजस्तै यो रेष्टुरेन्ट होटल हायात रिजेन्सीमा सबै उत्सवहरू वा रमाइला पलहरूमा जमघट हुनका लागि सबैभन्दा उपयुक्त स्थान हो । 

आधुनिक र मनै लोभ्याउने साजसज्जा तथा इन्टेरियर डेकोरेशन रहेको ‘द लिभिङ रुम’ले फुड तथा बेभरेज इन्डष्ड्रीमा नयाँ ट्रेन्डहरू कायम गर्ने उद्देश्यका साथ सर्वोत्कृट खाना र स्फूर्ति दिने इनरजाइजिङ ड्रिङ्कहरू ग्राहकहरुलाई प्रदान गर्दछ । 

‘द लिभिङ रुम’ को मुख्य विशेषताहरूमा– योङ, ट्रेन्डी तथा स्वस्थकर रहेका छन् र हायातले यस रेष्टुरेन्टलाई विभिन्न उमेर समूहका ग्राहकहरूलाई लक्षित गर्दै दिनको समय अनुसार विभिन्न खानाका परिकारहरू पस्कने योजना हायातको रहेको छ ।  

यस रेष्टुरेन्टको इन्टेरियर डेकोरेशनहरू र मनमोहक वातावरण युथ तथा ट्रेन्डी विशेषताहरूमा आधारित रहेकाले साथी–भाइ वा पारिवारिक जमघटका लागि वा बिजनेश मिटिङ गर्नका लागि सबैभन्दा उपयुक्त स्थान हो । स्वीमिङ पुल तथा बगैँचाहरूको नजिकै रहेको आउटडोर सिटिङ अरेन्जमेन्टमा जमघट वा भेटघाटहरू गर्न सकिन्छ । 

‘द लिभिङ रुम’मा पस्किइने खानेकुराहरूमा हायातको “फार्म टु प्लेट”अवधारणामा केन्द्रित रहेको छ र यहाँ तयार पारिने खानाका परिकारहरू ताजा र स्थानीय कृषिजन्य उत्पादनहरूको प्रयोग गरिन्छ । रेष्टुरेन्टको ओपन किचेनमा नो फ्राइड अर्थात् तारेको केही पनि प्रयोग नगरिने कुरालाई आत्मसात गर्दछ र मेनुमा ग्रिल्ड, उसिनेको वा काँचो खान मिल्ने खानेकुराहरूको विकल्पहरू राखिएको छ । 

हायात रिजेन्सी काठमाण्डौँको विश्वास रहेको छ कि एउटा ठूलो समूह तथा दुईवटा ठूला कम्युनिटी टेबलहरूका साथमा यो परिवार तथा साथीभाइका जमघटका निम्ति सबैभन्दा रुचाइने भेन्यू बन्नेछ । 

भाइब्रेन्ट रंगहरू र आकर्षक डिजाइन भएको रेष्टुरेन्टको बारमा उपलब्ध हुने थरिथरिका ककटेलहरूले रेष्टुरेन्टमा आउने ग्राहकहरूलाई आश्चर्य र खुसी तुल्याउनेछ । यहाँका बारटेन्डरहरुले ग्राहकहरूलाई स्पेशल ड्रिङ्क दिँदै गर्दा आफ्ना गोप्य रेसपीहरू ग्राहकहरूलाई खुसीखुसी बताउनेछन् ।
जापान, जोडर्न, इजिप्ट, ओमान, मलेसिया, ट्रिनियाड तथा टोबागो लगायतका कैयौँ देशहरूमा अनुभव बटुल्नु भएका  रेष्टुरेन्टका कार्यकारी सेफ डेबार्या चक्रवर्तीले आधुनिक समयअनुसारको स्वस्थ खानपान र नवीनतालाई ध्यानमा राखी मेनु तयार पारिएको छ । रेष्टुरेन्टको मेनु खानाका पारखीहरूलाई ध्यानमा राख्दै विशेष रूपमा तयार पारिएको हो र अन्तर्रा्ष्ट्रिय खानाका साथै स्थानीय क्षेत्रमा उपलब्ध परिकारहरू ग्राहकहरूलाई पस्किन्छ । स्थानीय तथा अन्तर्रा्ष्ट्रिय पर्यटकहरुको अपेक्षा अनुरुप मेनु तयार पारिएको हो । 

साथै मेनुमा एकपटक खानै पर्ने तथा अन्त कतै नपाइने कैयौँ सेफ सिग्नेचर डिशहरू पनि समावेश गरिएका छन् । स्थानीय परिकारहरू वास्तविक स्वादअनुरुप नै हुनेछन् तर त्यसमा इन्ट्रेस्टिङ ट्वीस्टका साथ तयार पारिन्छन्।

रेष्टुरेन्टमा आउने अतिथिहरूले डेस्टिनेशन बारमा विभिन्न थरीका इनोभेटिभ तथा कन्टेम्परी ककटेल ड्रिङ्कहरू पिउन सक्नेछन् । 
विभिन्न अन्तर्राष्ट्रिय परिकारहरु र स्वस्थकर भेटहरुका साथ“दलिभिङ रुम” ले परम्परागत होटल रेष्टुरेन्टभन्दा बिल्कुलै पृथक छ । “दलिभिङ रुम”मा रहेको खुल्ला वातावरण र अन्तरक्रियात्मक बारले यसलाई रमाइलो भेटघाट, सबैभन्दा ताजा सामग्रीहरुबाट तयार पारिएको मुखै रसाउने परिकारहरु र नयाँ ड्रिङ्क्सहरुको लागि उदाहरणीय स्थल बनाएको छ । यसको उद्देश्य भनेको दिनका विभिन्न समयहरुमा सहज वातावरणमा अतिथिहरू आफू खुशी रमाउन सक्ने र ट्रेन्डको वास्तविक स्वादलिन सकून् भन्ने रहेको छ ।