काठमाण्डौ । काठमाण्डौमा रहेको हार्ड रक क्याफेमा स्विट नाइटमेर ब्यान्डले प्रस्तुति दिने भएको छ।
यही अप्रिल १२ देखि जुन २ सम्म साप्ताहिक रुपमा हरेक मंगलबारदेखि आइतबारबाट साँझ ८ बजेपछि स्विट नाइटमेरले हार्ड रक क्याफेमा संगीतप्रेमीमाझ आफ्नो प्रस्तुति पस्किनेछ।
ब्यान्डको लाइनअपमा पुरुष गायकतर्फ स्टेरी क्रिस्टोफोरस पालित, महिला गायकतर्फ डिन लिलियन वेरिशा युलियाना, बेसिस्ट एको सहबुद्दीन, गितारमा आदि नुरवेन्डा र ड्रममा जोय येहेजकिएल सिमांगुनसोङ जस्ता बहुप्रतिभाशाली रक संगीतकर्मीहरु छन्। यी पाँच संगीतकर्मीको समूह स्विट नाइटमेर विभिन्न विधाका संगीतलाई कुशलतापूर्वक संयोजन गरी पेस गर्न सिपालु ब्यान्ड हो।
स्विट नाइटमेरले यसअघि जकार्ता, हङकङ, हो ची मिन्ह सिटी भियतनामलगायत देशमा रहेका हार्ड रक क्याफे तथा माल्दिभ्स, सेन्जेन चाइना, मकाउस्थित हार्ड रक होटेललगायत विभिन्न स्थानमा आफ्नो प्रस्तुति दिइसकेका छन्।
विश्वका ६८ देशका २५३ सहरमा आफ्नो सञ्जाल रहेको हार्ड रक क्याफे विश्वव्यापी रुपमा एक प्रतिष्ठित कम्पनी हो। यो क्याफे २८ अक्टोबर २०२१ देखि काठमाण्डौमा सञ्चालनमा आएको थियो।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago