काठमाण्डौ । होटल गुञ्ज प्रालिले आउँदै गरेको अंग्रेजी नयाँ वर्षको अवसर पारेर विशेष कार्यक्रम आयोजना गर्ने भएको छ।

अतिथिहरूले र रमाईलो वातावरणमा स्वादिलो परिकारहरुको साथ चर्चित कलाकारहरुको प्रस्तुति रहने अंग्रेजी नयाँ वर्ष विशेष कार्यक्रम २०२३ डिसेम्बर ३१ आइतबारदेखि २०२४ जनवरी १ सोमबारसम्म दुई दिनका लागि बुक हुने छ ।

कम्पनीका अनुसार न्यू ईयर ईभमा स्टयान्ड–अप कमेडियन आर्दश मिश्रा र द हाइम्स ब्याण्डको लाईभ म्युजिक रहने छ भने नयाँ वर्षको दिनमा लोकप्रिय गायक अनिल गन्धर्व र द हाइम्स ब्याण्डको प्रस्तुति रहने छ ।

साथै नेपाली मोटो भ्लगर राजकुमार थापा, एलिसा खड्गी र इन्डियाका चर्चित सुपर बाईकरहरुको पनि उपस्थिति रहने छ ।

कार्यक्रमको बारेमा कम्पनीका म्यानेजर सुशांत कार्कीले नयाँँ वर्षलाई अविस्मरणीय बनाउन विविध प्रतिभाशाली व्यक्तित्वहरुको सहभागितामा मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरेको बताए ।

उनका अनुसार संगीत, स्ट्यान्ड–अप कमेडी र अन्य थुप्रै मनोरञ्जनात्मक गतिविधिहरुको साथ नयाँ वर्ष साँच्चिकै नै रमाइलो हुने छ । 

यस नयाँ वर्ष उत्सवमा सामेल हुन चाहनेहरूको लागि प्रवेश निःशुल्क रहेको पनि होटल गुञ्जले बताएको छ ।