काठमाण्डौ । युनिभर्सल इलेक्ट्रोकम प्रालि नेपालका लागि हिताची होम अपलायन्सको आधिकारिक वितरकले थप चारवटा विशेष होम अपलायन्सको उत्पादनका विभिन्न प्रकारहरु नेपाली बजारमा ल्याएको छ। 

हिताचीका नयाँ उत्पादनहरुको उद्घघाटन संयुक्त रुपमा अर्सेलिक हिताचीका एक्सपोर्ट सेल्स हेड एल्भिन थाम, युनिभर्सल इलेक्ट्रोकमका कार्यकारी निर्देशक सञ्जय अग्रवाल र महाप्रबन्धक आयास जोशीद्वारा अनावरण गरिएको छ। 

कम्पनीले नवप्रवर्तन र ग्राहकको खुशीको लागि आफ्नो प्रतिबद्धता जनाउँदै नवीन प्रविधियुक्त दुई वासिङ मेसिन, एउटा डबल–डोर फ्रिज र राइस कुकरसहित चार वटा नयाँ हिताचीका उत्पादनहरु बजारमा भित्र्याएको छ।  

नवीन प्रविधि युक्त वासिङ मेसिन 

हिताची वासिङ मेसिन नयाँ अनावरणको मुख्य आकर्षण रहेको छ। यसमा प्रयोगकर्तामैत्री डिजाइनका साथमा साथमा उन्नत प्रविधिको संयोजन सहितको सुविधाहरु समावेश गरिएको छ।  यस वासिङ मेसिन दुईवट भिन्न मोडलहरुमा उपलब्ध हुनेछन्। जसमा ८ केजीको क्षमता बीडी–८०२एचभीओएसमा रहेको छ भने ९ केजीको क्षमता बीडी–९०४एचभीओएसमा रहेको छ। यी दुवै मोडेलहरुमा फुल अटोमेटिक र फ्रन्ट–लोडिङको प्रभावकारी विशेषता रहेको छ। जसले गर्दा झन्झटमुक्त लुगा धुने अनुभव प्रदान गर्नेछ। साथमा स्टिम फंक्सन, ट्यांगल–फ्री फिनिश डिजाइन, र “एड गार्मेन्ट ड्युरिङ वास” सुविधाका साथ लुगा धुन अझै सजिलो हुनेछ।

यी दुवै फ्रन्ट–लोडिङ, पूर्ण स्वचालित वासिङ मेसिनहरु, नवीन प्रविधि र प्रयोगकर्ता–केन्द्रित सुविधाहरुको संयोजनको साथ डिजाइन गरिएको छ जसले गर्दा कपडा धुने अनुभवलाई पुनः परिभाषित गर्नेछ। यी वासिङ मेसिनहरुले दाग–धब्बा हटाउने, प्रि–वास र बेबी केयर विकल्पहरु सहित १६ विभिन्न प्रोग्रामहरुको साथ लुगा धुने मागहरुको विस्तृत दायरा पूरा गर्छन्। अटो डोर क्लीन विशेषताले सफाइ र स्वच्छता कायम राख्छ। जब कि एन्टी–रिङ्कल विशेषताले कपडालाई पूर्ण रूपमा इस्त्री गरेको सरह मुलायम र जुनै समयमा लगाउनको लागि तयार राख्छ।

अत्याधुनिक रेफ्रिजरेसन समाधान

हिताची डबल–डोर फ्रिज, मोडेल एचआरटीए५२७५एमएफपीएसभीकेएच, आधुनिक रेफ्रिजरेसन प्रविधिको चमत्कार हो। खानालाई लामो समयसम्म ताजा र स्वादिष्ट राखेर, यो फ्रिजले खाद्य संरक्षणलाई पुनः परिभाषित गर्दछ। यो रेफ्रिजरेटरमा २७५ लिटरको विशाल क्षमता छ। चिसो हावा वितरणको लागि राउण्ड एयर कुलिङ तथा गन्ध र ब्याक्टेरियाबाट छुटकारा पाउन ट्रिपल पावर फिल्टर जडित छ। फ्लेक्सिबल फ्रेश सेलेक्ट फिचरले उपभोक्ताहरुलाई आफ्नो भण्डारण आवश्यकताहरु पूरा गर्न फ्रिजको खण्डलाई रुचि अनुसार निजीकृत गर्न सहज बनाउँछ। फ्रिजमा तातो र स्क्र्याच–प्रतिरोधी टेम्पर्ड ग्लास शेल्फहरु पनि छन जसले गर्दा यी फ्रिजहरुको व्यावहारिकता र फैशनेबल अपीललाई थप बढाउँछ। यसमा रहेको प्रत्येक सेल्फहरुमा १०० केजीसम्मको भार थेग्न सक्ने क्षमता रहेको छ।  

राइस कुकरको साथ खाना पकाउने सरलता

हिताची राइस कुकर, मोडल आरजेड–ए१८एमएमडब्ल्यू हालै मात्र थपिएको हिताचीको नयाँ उत्पादन हो। यसको उत्पादन खाना पकाउने दिनचर्यालाई  अझै सहज र सजिलो  बनाउन गरिएको हो। यो ८००–वाट को राइस कुकरमा १.८ लिटर क्षमता रहेको छ र यसमा रहेको थ्रीडी हिटिङ एलेमेन्टले जुनसुकै बेला चामल पाक्ने सुनिश्चित गर्दछ।

१२ घन्टासम्म खाना ताती रहने विशेषताले खानालाई दिनभर तातो र ताजा राख्छ भने १.५ मिमी नन–स्टिक भित्री भाँडोले खाना पस्किन र सरलताका साथ सफाई गर्न मदत गर्दछ। यसका सरल फंङ्सन बटनहरु, एलईडी लाइट डिस्प्ले र स्वचालित यान्त्रिक खाना पकाउने विधिले गर्दा। जसले पनि निर्बाध तरिकाले स्वादिष्ट खान पकाउन सक्छन्।