काठमाण्डौ । हिप्को इन्फ्रा प्रालिले प्रि–इइन्जिनियर्ड बिल्डिङ (पीईबी)को उत्पादन सुरु गरेको छ।
हुलास स्टिल इन्डस्ट्रिज लिमिटेडको लगानी (भेन्चर)मा पर्सा जिल्लाको बेल्वामा स्थापना गरी २०७८ साल माघ महिनादेखि उत्पादन सुरु गरेको यो कम्पनीले हिप्को सुपरबिल्डको नामबाट बिक्रीवितरण गर्दै आइरहेको छ।
हिप्को इन्फ्राले नेपालमा पहिलोपटक नयाँ प्रविधि, अन्तर्राष्ट्रिय मान्यताप्राप्त सफ्टवेयरहरुको प्रयोग गर्नुका साथै अन्तर्राष्ट्रिय गुणस्तयरीय मापदण्ड एएसटीएम, आईएस, एनबीसी, एमबीएमएअनुसार उच्च गुणस्तरको प्रि–इइन्जिनियर्ड बिल्डिङ एन्ड एसेसरिजलगायत सीजेठ पर्लिन, रुफ ट्रिम्स, डाउन स्पाउट, कर्भ सिटको वार्षिक ५० लाख स्क्वायर फिट उत्पादन गर्ने लक्ष्य लिएको छ। यसका साथै यो कम्पनी नेपालको पहिलो फुल्ली इट्रिग्रेटेड पीईबी म्यानुफ्याक्चरिङ रहेको छ।
कम्पनीले उत्पादन गर्ने उक्त वस्तुहरुको प्रयोग गर्दा सानादेखि ठूला परियोजनाहरु जस्तैः औद्योगिक कारखाना, वेयरहाउस, व्यावसायिक भवन, आवासीय भवन, मल्टी स्टोरे अफिस बिल्डिङ, ब्रिज, एयरपोर्ट, रेलवे, मेट्रो, शोरुम, स्टोरलगायत अन्य थुप्रै संरचनाहरुको निमार्णमा गुणस्तरीय, सुरक्षित, कम खर्चिलोका साथै तीनगुणा छिटो जडान हुनेछ। यसका साथै यस कम्पनीको उत्पादनहरु प्रयोग गर्दा निःशुल्क परामर्श सेवा दिनेसमेत कम्पनीले जनाएको छ।
स्वदेशी उत्पादनहरुको प्रयोगले देशमा रोजगारी सिर्जना हुनुका साथै पीईबीको आयातमा कमी आई विदेशी मुद्राको बचत हुने म्पनीले जनाएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago