काठमाण्डौ । हिम इलेक्ट्रोनिक्सले काठमाण्डौको नयाँबजार खुसिबुमा नयाँ सामसुङ स्मार्ट प्लाजाको शाखा उद्घाटन गरेको छ।

शाखाको उद्घाटन सामसुङ साउथवेस्ट एसिया–नेपाल ब्रान्च हेड मिस्टर पार्क र गोल्छा ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक शेखर गोल्छाले संयुक्त रुपमा गरेका थिए।

नेपालमा सामसुङ इलेक्ट्रोनिक्स र होम अप्लायन्सेसको आधिकारिक वितरकसमेत रहेको हिम इलेक्ट्रोनिक्सले दरबारमार्गमा रहेको आफ्नो अत्याधुनिक शोरुमलाई पनि अपग्रेड गर्दै देशकै उत्कृष्ठ बनाएको छ।

उक्त अवसरमा हिम इलेक्ट्रोनिक्सका निर्देशक सीमा गोल्छाले हिम इलेक्ट्रोनिक्सका अहिले उपत्यकाबाहिर पाँचवटा सामसुङ स्मार्ट प्लाजा रहेको र हालसम्म उपत्यकाभित्र ६ वटा आउटलेट सञ्चालनमा रहेको बताइन्। निर्देशक गोल्छाले हिम इलेक्ट्रोनिक्सले सामसुङ स्मार्ट प्लाजाहरुमार्फत उच्च र गुणस्तरीय सेवा देशभरका सम्पूर्ण ग्राहकलाई प्रदान गर्दै आइरहेको र भविष्यमा आउटलेटहरु विस्तार गर्दै ग्राहकलाई सामसुङका गुणस्तरीय सामग्री उपलब्ध गराउने जानकारी गराइन्।

सामसुङ स्मार्ट प्लाजाले सामसुङ होम अप्लायन्सेसदेखि सामसुङ मोबाइल फोनसम्मका सामग्री बिक्री गर्दछ। कम्पनीले विगत २२ वर्षदेखि बजारमा उत्कृष्ट सामग्री उपलब्ध गराउनुका साथै विश्वस्तरमा प्रख्यात सामग्री उचित मूल्यमा उपलब्ध गराउँदै आएको छ।