काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङ (HI-MB) मा एकीकृत नेपालपे क्यूआरको सफल रुपमा अन्तरआबद्धता कायम गरेको छ।
अब बैंकका ग्राहकले बैंकको मोबाइल बैंकिङको प्रयोग गरेर विभिन्न मर्चेन्ट तथा पेमेन्ट गेटवेहरुमा रहेको नेपालपे क्यूआर स्क्यान गरेर क्यूआरमार्फत सजिलै भुक्तानी गर्न सक्नेछन्। यसका साथै बैंकले राष्ट्र बैंकले जारी गरेको नेपालपे क्यूआरमा आधारित भएर आफ्नो मर्चेन्ट म्यानेजमेन्ट सिस्टमको प्रयोग गरेर नेपालपे, भिसा, युनियनपे, अलिपेलगायतका लागि अन्तरसंचालनशिलता तथा अन्तरआबद्धता कायम हुने गरी एग्रिगेटेड क्यूआर पनि स्वीकार गर्ने कार्यको थालनी गरेको छ।
नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको नेपाल–क्युआर स्ट्यान्डर्डको मूल पूर्वाधारका रुपमा नेपालपे क्यूआर स्थापना र एनसीएचएलद्वारा सञ्चालित हो। जसअन्तर्गत सदस्य बैंक तथा वित्तीय संस्थाहरु, भुक्तानी सेवा प्रदायकहरु र अन्य भुक्तानी प्रणाली सञ्चालकहरुले छुट्टै योजनाको रुपमा र मर्चेन्ट वा अन्य क्यूआर स्किमसँग अन्तरआबद्धता कायम गरी प्रयोग गर्न सकिने व्यवस्था रहेको छ।
वाणिज्य बैंकमध्ये नेसनल पेमेन्ट स्विचमा जोडी नेपालपे क्यूआर र एग्रिगेटेड क्यूआरका रुपमा लागू गर्ने हिमालयन बैंक पहिलो बैंक रहेको छ। बैंकका व्यापारिक ग्राहक मर्चेन्टका रुपमा आबद्ध भएर आफ्ना ग्राहकबाट हिमालयन बैंकको मोबाइल बैंकिङ अथवा नेपालपे क्यूआरमा आबद्ध अन्य उपकरणमार्फत सीधै आफ्नो खातामा भुक्तानी प्राप्त गर्न सक्दछन्।
यसरी हिमालयन बैंकको मोबाइल बैंकिङमा क्यूआर जोड्दा र एग्रिगेटेड क्यूआरमा मर्चेन्ट एक्वायर गर्दा रिटेल स्तरमा हुने विद्युतीय भुक्तानीमा थप वृद्धि हुने आशा गरिएको छ। जुन हिमालयन बैंकको प्राथमिकता पनि रहेको छ।
हिमालयन बैंकले भिसा, मास्टरकार्ड, एमेक्स, युनियनपे, एससीटीका कार्डहरु जारी गर्नुका साथै भिसा, मास्टरकार्ड, अमेरिकन एक्सप्रेस, जेसीबी र एससीटी कार्डका कारोबारहरु स्वीकार पनि गर्दै आएको छ।
बैंकको नेपालभरि १५२ वटा एटीएम र ५ हजारभन्दा बढी पीओएस उपलब्ध रहेका छन्।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago