काठमाण्डौ । हिमालयन डिस्टिलरी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
कम्पनीले समीक्षा अवधिमा ७८ करोड ८३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यही अवधिको तुलनामा १७.१८ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा कम्पनीले ६७ करोड २७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।
यो अवधिमा कम्पनीले उत्पादन बिक्रीबाट ५ अर्ब १८ करोड रुपैयाँ आम्दानी गरेको छ। गत वर्ष यही अवधिमा कम्पनीले उत्पादन बिक्रीबाट ३ अर्ब ९८ करोड रुपैयाँ आम्दानी गरेको थियो। यो हिसाबले कम्पनीको आम्दानी गत वर्षको यही अवधिको तुलनामा ३०.२० प्रतिशतले बढी हो।
कम्पनीको सञ्चालन मुनाफा पनि ९५ करोड ५६ लाख रुपैयाँबाट बढेर १ अर्ब ९ करोड रुपैयाँ भएको छ।
चुक्तापुँजी १ अर्ब ५१ करोड रुपैयाँ रहेको कम्पनीले रिजर्भको आकार ३७.६५ प्रतिशतले बढाएर १ अर्ब ५ करोड रुपैयाँको उचाइमा पुर्याएको छ। गत वर्ष रिजर्भमा ७६ करोड ८२ लाख रुपैयाँ रहेको थियो।
कम्पनीको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) बढेर ६९.२२ रुपैयाँले बढेको छ। गत वर्ष यही अवधिमा ईपीएस ५९.०७ रुपैयाँ रहेको थियो। पीई रेसियो ५१.८८ गुणा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १६९.६४ रुपैयाँ र तरलता अनुपात ३.४१ प्रतिशत रहेको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago