काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले सस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत काठमाण्डौको महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई ४ लाख ५३ हजार ८४० रुपैयाँको १२ थान बारकोड रिडर र १२ थान प्रिन्टर सहयोगस्वरुप प्रदान गरेको छ।
बारकोड रिडर र प्रिन्टर बैंकले अस्पतालको भुक्तानी काउन्टरमा आउने सेवाग्राहीलाई सहजता होस् भन्ने मनसायले एक समारोहबीच प्रदान गरेको हो। बारकोड रिडरको कमीले गर्दा भुक्तानी काउन्टरका कर्मचारीहरुले सेवाग्राहीको विवरण पटक–पटक प्रविष्ट गर्नुपर्नाले बढी समय लाग्ने भएको हुँदा उक्त झन्झटबाट मुक्त भई सेवाग्राहीको समय बचत होस् र छिटो सेवा प्रदान गर्न सकियोस् भन्ने उद्देश्यले बंैकले ती सामग्री प्रदान गरेको हो।
सहयोगका सामग्री बंैकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले अस्पतालका कार्यकारी सञ्चालक प्रा.डा. दिनेश काफ्लेलाई हस्तान्तरण गरेका थिए।
उक्त समारोहमा बैंक तथा अस्पतालका अन्य पदाधिकारी एवं कर्मचारीहरुको पनि उपस्थिति थियो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19