काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले आफ्ना ग्राहकको सहजता र सुविधालाई मध्यनजर गर्दै बैंकका विभिन्न शाखामा क्यास रिसाइलर मेसिन (सीआरएम) सञ्चालनमा ल्याएको छ।
हाल बैंकले सातवटा सीआरएम बैंकको केन्द्रीय कार्यालय कमलादी, ठमेल शाखा, महाराजगंज शाखा, न्यूरोड शाखा, पाटन शाखा, भरतपुर शाखा र भैरहवा शाखामा स्थानान्तरण गरी सेवा प्रदान गर्दैछ भने यसको संख्या बढ्ने क्रम जारी छ।
यस सीडीएमबाट सेवाग्राहीले कुनै पनि समयमा कुनै झन्झट बिना नै खातामा रकम जम्मा तथा झिक्न सक्नेछन्। यो मेसिनबाट रकम जम्मा गर्दा बिना एटीएम कार्ड नै सीधा खाता नम्बर प्रविष्ट गरी जम्मा गर्न सकिन्छ।
यो मेसिनबाट जम्मा गरिएको रकम तत्कालै खातामा जम्मा हुनेछ। जसले गर्दा खातावालाले तुरुन्तै कारोबार गर्न सक्नेछन्।
हिमालयन बैंकको यो सुविधाले बैंकका ग्राहकलाई बंैकिङ कारोबारको समय अघि–पछि पनि थप सुविधा मिल्ने बैंकको विश्वास छ।
हाल बैंकले नेपालभरि फैलिएको कुल ७४ शाखा, ६ विस्तारित काउन्टर, १६० एटीएम र ६ हजारभन्दा बढी पोस टर्मिनलबाट सेवा प्रदान गर्दै आएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago