काठमाण्डौ । सिजी होल्डिङ्स अन्तर्गतको अल्को–वेभ डिभिजन हिमालयन ब्रुअरीले प्रिमियम बियर “हिमालयन” नेपाली बजारमा ल्याएको छ । 

लोकप्रिय “होली चाँड”लाई लक्षित गरी सो बियर नेपाली बजारमा ल्याएको हो ।   

गोदावरीको मुहानको पानीलाई प्रशोधन गरी उत्पादन गरिने यो बियर स्प्रिङ वाटर प्रयोग भई उत्पादन भएको बियर हो । चुनिएको उत्कृष्ट यूरोपेली हप्स र टु–रो माल्टबाट बनेको यो बियरको स्वाद अरु बियरभन्दा नयाँ र रिफ्रेशिङ भएको कम्पनीले जनाएको छ ।  

“फर द वन हु डेयरस्” नारामा लञ्च भएको सो बियरमा ६ प्रतिशत अल्कोहल रहेको कम्पनीले जनाएको छ । यो बियरको प्रिमियम फिचर र स्वादलाई युवापुस्ताले मन पराउने बिश्वास कम्पनी लिएको छ । कम्पनीका अनुसार, “अहिलेको प्रतिस्पर्धी बियर बजारमा ग्राहकहरुले नयाँ नयाँ स्वादका बियर रुचाउने गर्दछन । हिमालयन बियर को प्रिमियम फिचर र अलग स्वाद नेपाली बियर पारखीको रोजाईमा पर्ने हामी विस्वस्त छौ ।”  

हिमालयन बियर ३३० एम.एल. र ६५० एम.एल. बोतलमा उपलब्ध हुनेछन । यस बियर को ६५० एम.एल.को बोतलको मूल्य ३१० रुपैयाँ र ३३० एम.एल.को बोतलको मूल्य १६५ रुपैयाँ कायम गरेको छ ।  

लामो र गौरवमय इतिहास बोकेको हिमालयन ब्रुअरीले नेपाली बजारमा आइसबर्ग, निञ्जा, काठमाण्डौ र कमाण्डोजस्ता लोकप्रिय बियर ब्रान्डहरुको उत्पादन गर्दै आएको छ ।