काठमाण्डौ । हिमालयन बैंक लिमिटेड स्थापनाकालदेखि नै आफ्ना ग्राहकको सुविधाका लागि समसामयिक विभिन्न प्रकारका बचत तथा नयाँ प्रविधियुक्त अन्य सेवासुविधाहरु प्रदान गर्न हरदम अग्रसर रहेको छ। 

यसै क्रममा बैंकको विभिन्न बचत खाताहरुमध्ये नारी बचत खाता र विशेष तलबी खातामा प्रदान गर्दै आएको दुर्घटना मृत्यु बीमाको सीमा रकम रु. ५ लाखबाट वृद्धि गरी रु. १० लाखसम्म पुर्याएको छ। 

नारी बचत खाता नारीहरुको सम्मानस्वरुप विशेषगरी नारीहरुलाई लक्षित गरिएको योजनाको रुपमा रहेको छ भने विशेष तलबी खाता कुनै पनि संघसंस्थामा आबद्ध व्यक्तिको नाममा तलब जम्मा गर्ने प्रयोजनले खोलिने तलबी खाताको रुपमा रहेको छ। रु. १० लाखसम्मको दुर्घटना मृत्यु बीमाबाहेक पनि नारी वचत खातामा लकर धरौटीमा ५० प्रतिशत छुट र विभिन्न बैंकिङ सेवाहरुमा २५ प्रतिशतसम्म छुट रहेको छ। 

योलगायत बैंकको अन्य सेवाहरुका बारे विस्तृत विवरणको जानकारी बैंकको आधिकारिक वेबसाइट www.himalayanbank.com बाट प्राप्त गर्न सकिनेछ।