काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ललितपुरको हाँडीगाउँस्थित नशारहित समाज नेपाल (उपचार केन्द्र) लाई बहुद्देश्यीय हल निर्माणका लागि ५ लाख रुपैयाँको आर्थिक सहयोग प्रदान गरेको छ।
आजको मितिमा देशका युवाहरु रक्सी तथा विभिन्न लागू पदार्थको कुलतमा फसेको पाइन्छ। यतिमात्र नभई यस कुलतले उनीहरुलाई समाजमा विभिन्न अपराधहरुमा पनि फसाइरहेको पाइन्छ।
यस्तै समस्यालाई समाजबाट हटाउन उक्त संस्थाले स्थापनाकालदेखि नै रक्सी तथा लागूपदार्थ सेवन गर्दै आएका विभिन्न उमेर समूहकालाई यस कुलतबाट छुट्कारा पाउन मद्दत गर्दै आएका छन्। हाल सो सेन्टरले करिब सय जनालाई एकदमै न्यूनतम खर्चमा यस सेवाबाट सहयोग गरिरहेका छन्।
बैंकका तर्फबाट बंैकका प्रमुख कार्यकारी अधिकृत अशोकशमशेर राणाले उक्त रकम एक समारोहका बीच बैंकका अन्य वरिष्ठ पदाधिकारीहरुको उपस्थितिमा उक्त संस्थाका अध्यक्ष सोनाम शेर्पालाई हस्तान्तरण गरेका थिए।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago